Latest News

स्थानीय निर्वाचनको परिणामबारे कांग्रेसले निकाल्यो यस्तो निष्कर्ष ( प्रतिवेदनसहित)

Nepalese Times June 9, 2022 (2 Year ago)    626 Views

काठमाडौं । नेपाली काँग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

काँग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रुपमा प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेसको मुख्य प्राप्ति र निष्कर्ष समेटिएको नेता पौडेलले बताएका छन् ।

जसमा वडागतरुपमा मत विश्लेषण गर्दा मत र पद दुवैमा काँग्रेस पहिलो भएको छ । काँग्रेसले ७५२ मध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख) को नेतृत्व हात पारेको छ ।

३ सय पालिकामा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) काँग्रेसले प्रतिवेदनमा उल्लेख छ । काँग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ ।

काँग्रेसका वडा अध्यक्षका उमेदवारले पाएको मत ३८ लाख ८३ हजार १३८ रहेको छ । प्रदेशगत रुपमा पनि काँग्रेस पहिलो दल बनेको छ । सातै प्रदेशमा पहिलो भएको काँग्रेस बागमती र कर्णालीमा एमालेभन्दा दोब्बर बढी पालिका प्रमुख जित्न सफल भएको छ ।

०७४ मा भएको स्थानीय निर्वाचनभन्दा यस पटक मत र पद दुबैमा काँग्रेसले प्रगति गरेको निष्कर्ष निकालिएको छ । ७४ मा जितेको २६६ पालिका मध्ये यस पटक १४० मा काँग्रेसको नेतृत्व दोहोरिएको छ ।

विगतमा जितेको १२५ पालिकाको नेतृत्व भने काँग्रेसले गुमाएको छ । यस्तै उसले ०७४ मा नजितेको १८९ पालिका जित दर्ता गराएको छ । २०७४ र २०७९ मा दुवैमा पराजित वा उम्मेदवारी नदिएको स्थानीय तहको संख्या २९८ रहेको पौडेलको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ७५३ स्थानीय तह मध्ये ३२४ पालिकामा गठबन्धन भएका प्रतिवेदनमा उल्लेख छ । काँग्रेसले गठबन्धन साथमा २०९ मा उम्मेदवारी दिएकोमा १२८ पालिका प्रमुख जितेको छ ।

प्रतिक्रिया दिनुहोस