Latest News

आज कुन-कुन ठाउँमा पर्दै छ पानी ? पूर्वानुमान महाशाखाले निकाल्यो यस्तो विज्ञप्ति

Nepalese Times June 9, 2022 (2 Year ago)    615 Views

काठमाडौं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

 बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सफा रही प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको २४ घण्टामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही प्रदेश १ , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बिहीवार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सफा रहनेछ।

प्रदेश १ , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीवार राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रवार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली र वाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ।

प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु तथा मघेस प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रवार राती प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भूभागहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिवार दिउँसो प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु तथा मघेस प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिवार राती प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थानहरु र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस