काठमाडौं । मनसुन सुरु भएसँगै देशका विभिन्न ठाउँका सडकखण्डमा समस्या देखिन थालेको छ ।
पहिरोले मुग्लिङ–नौविसे र मुग्लिङ–नारायणगढ सडक अवरूद्ध भएको छ।
मुग्लिङ–नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो।
यस्तै मुग्लिङ—नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक बन्द भएको छ ।
पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।
गए रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका छन्। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।