Latest News

पल शाह प्रकरणमा उच्च अदालतले दियो यस्तो आदेश

Nepalese Times June 2, 2022 (1 Year ago)    576 Views

काठमाडौं । कलाकार पल शाहलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको छ।

उच्चका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको हो।

जिल्ला अदालत तनहुँ र नवलपरासीको यसअघिको आदेशलाई नै सदर गर्दै उच्च अदालत पोखराले थुनामै पठाउने आदेश गरेको हो ।

बलात्कार आरोपमा उजुरी परेपछि गत फागुन ११ गते शाहले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए। उनीविरुद्ध तनहुँ र नवलपरासीमा उजुरी परेको थियो। दुवै अदालतले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएका थिए।

बलात्कार आरोपमा पुर्पक्षमा थुनामा रहेका शाहले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने मागसहित उच्च अदालत पोखरामा निवेदन दिएका थिए।

पछि पीडित भनिएकी नाबालिग गायिकाले शाहले बलात्कार नगरेको भन्दै बयान फेरेकी थिइन्। त्यसपछि घटनाले ट्वीस्ट लिएको थियो। पीडित पक्षले बयान फेरे पनि उच्च अदालतले भने यसअघिकै जिल्लाको आदेश सदर गरेको छ।

प्रतिक्रिया दिनुहोस