Latest News

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

Nepalese Times May 30, 2022 (2 Year ago)    580 Views

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे बैठक बस्न लागेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

स्थानीय निर्वाचन र बजेटका सन्दर्भमा समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको एक नेताले बताए । पाँच दलीयबीच वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेको थियो ।

७ सय ५३ पालिका मध्य देशभर २ सय ९ पालिकामा मात्र पाँच दलीय गठबन्धन भएको थियो । त्यसमा पनि काँग्रेस र माओवादीले आफूहरुलाई धोका लिएको एकीकृत समाजवादी र जसपाको गुनासो छ ।

यस्तै आइतबार मात्र आगामी आर्थिक वर्ष ०७९–८० को बजेट आएको छ । बजेटमाथिको समीक्षा र मन्त्रिपरिषद पुनर्गठनको विषयमा पनि छलफल हुने बुझिएको छ ।

यस्तै प्रदेश नं १ प्रदेशसभाको १०औँ तथा बजेट अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९\८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकता पेश गरे ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले संसदीय व्यवस्थालाई सुदृढ एवं संस्थागत गर्न प्रतिपक्ष दलका नेताले सदनमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले यातायातका क्षेत्रमा र विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको चर्चा गर्दै उदासीन तथा सूचनाको अभावमा प्रतिपक्ष दलका नेताहरुले अभिव्यक्ति दिनु उचित नहुने बताए ।

मुख्यमन्त्री राईले अहिलेको सरकार सिँगारिएको जस्तो नभएर यथार्थपरक रहेको चर्चा गरे । आफ्नो आर्थिक क्षमताभन्दा बाहिर गएर ल्याएको योजनालाई सम्पन्न गर्न वर्तमान सरकार स्रोत र बजेटको व्यवस्थापनमा लागेको उल्लेख गर्दै उनले भने, “प्रदेश सरकार अनावश्यक खर्च कटौती गरिरहेको छ ।”

विगतका सरकारले सञ्चालन गरेको योजना अहिले सङ्कटमा रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले स्रोत र बजेटको व्यवस्थापन नगरी ल्याएका योजना सम्पन्न गर्न सरकार उपाय खोजिरहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस