Latest News

तारा एअरको विमान दुर्घटनाग्रस्त भएको औपचारिक पुष्टि, यी हुन् विमानमा रहेकाहरु (सूचीसहित)

Nepalese Times May 29, 2022 (2 Year ago)    913 Views

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन) को टुइनअटर जहाज मुस्ताङको खासा जनिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ ।

उक्त जहाज १२ बजे भेटिएको वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेलले बताएका छन् । पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान १० बजेर १५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो ।

उक्त जहाजमा चालक दलाका सदस्यहरुसहित २२ जना सवार रहेका थिए । अहिले दुर्घटनास्थलामा हेलिकप्टर परिचालन गरिएको छ ।

स्थानीयले त्यस क्षेत्रमा ठूलो आवाज सुनिएको जानकारी दिएका आधारमा जहाजको खोजीका लागि हेलिकोप्टर र स्थलमार्गबाट खोज कार्य सुरु गरिएको थियो ।

मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन् । विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ ।

विमानमा वाजभवी बन्देकर, ईन्द्र बहादुर घले, पुरुषेत्तम घले, राजन कुमार घले, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रमि श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका थिए ।

यस्तै तारा एअरको जहाजमा प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममायाँ तामाङ, तुलसा देवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, युडब्लुई विल्नर र मेइके ग्रिट ग्राफ रहेका थिए ।

चालक दलको सदस्यहरुमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरेसहित को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एअरले जनाएको छ ।

तारा यअरका जाहाजलाई केही वर्षअघिको एक अध्ययनले नै विश्वकै अति खतरायुक्त सूचीमा राखेको खुलेको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र निजी क्षेत्रको तारा एयरलाइन्स केही वर्षअघि नै विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् ।

एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो ।

तारा एयरको बारेमा उल्लेख गर्दै फोर्ब्सले लेखेको छ– एयरलाइन्स सुरक्षा रिपोर्टका आधारमा तारा एयरले ७ मध्ये एउटा मात्रै ‘स्टार’ पाएको छ । यसका ८ वटा एयरक्राफ्ट ९विमानहरु०ले नेपालको खतरानाक उच्च पहाडी क्षेत्रमा उडान भर्छन् । २०१० र २०११ मा भएका दुर्घटनाका कारण यो विमान कम्पनीले आफ्नो सुरक्षा रिपोर्टमा सुधार गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस