Latest News

आज पनि यी ठाउँमा हावाहुरीसहित पानि पर्ने सम्भावना, कुन-कुन प्रणाली सक्रिय छन् ?

Nepalese Times May 29, 2022 (2 Year ago)    635 Views

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल देशमा आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

अबको २४ घण्टामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आइतबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतवार राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

सोमबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमवार राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलवार राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस