Latest News

काठमाडौंको विहानी अपडेटः बालेन शाहले ल्याए ५५ हजार मत, अब कति गन्न बाँकी ?

Nepalese Times May 25, 2022 (2 Year ago)    1046 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरपालिकाका ३३ मध्ये २९ वडाको अन्तिम परिणाम आइसकेको छ भने चार वडाको गणना जारी छ ।

मतगणना भइरहेका चारै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा प्रत्यासीभन्दा दोब्बर मतले अगाडि छन् ।

हुँदा पछिल्लो मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५५ हजार मत पाएका छन्। उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छिन् ।

कांग्रेसकी उम्मेदवार सिंहले ३४५७० मत प्राप्त गरेकी छिन्। एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा छन्। पछिल्लो मतपरिणाम अनुसार स्थापितले  ३३९२१ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८ सय ९ मत प्राप्त गरेकी छिन्।

उनलाई पछ्याएका गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा राप्रपाका उम्मेदवार बिनिता मगैया ९ हजार १ सय ६१ मत प्राप्त गरेकी छिन्। काठमाडौंमा कुल ३ लाख २ सय ४२ मतदातामध्ये १ लाख ९० हजार १ सय ७० ले मतदान गरेका थिए।

यस्तै ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी भएका छन् ।

प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाए ।  त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए । महानगरका २९ वडामध्ये कांग्रेस र एमाले ११–११ वडामा विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र) तीन, नेकपा (एकीकृत समाजवादी) दुई र स्वतन्त्र उम्मेदवार दुई वडाध्यक्षमा विजयी भएका छन् । कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, ६ मा रुपेन्द्रराज शाक्य, ७ मा कुलबहादुर महर्जन, ८ मा बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रविन व्यञ्जनकार, ११ मा अरोजकुमार खड्गी, १४ मा अमृतजङ्ग महत, १६ मा निर्मलरत्न शाक्य, २० मा चन्द्र महर्जन र वडा नं २८ मा गणेशकुमार महर्जन विजयी भएका छन् ।

एमालेबाट वडा नं ५ मा विकासमान श्रेष्ठ, १२ मा नारायणलाल अवाले, १५ मा सुरेश शाही, १७ मा विनोद महर्जन, १८ मा दामोदर खड्का, १९ मा राजेन्द्र महर्जन, २२ मा सागर तुलाधर, २३ मा जीवन महर्जन, २४ मा दिनेशजङ्ग पाण्डे, २५ मा दौलतकुमार खत्री र २९ मा गणेशकुमार महर्जन विजयी भए ।

यस्तै माओवादी केन्द्रबाट वडा नं २१ मा रवीन्द्र महर्जन, २६ मा सुरेश महर्जन र २७ मा कृष्णहरि महर्जन विजयी हुनुभएको छ । एकीकृत समाजवादीबाट वडा नं २ मा राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भए ।

वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं १३ मा गणेश केसी विजयी हुनुभएको छ । गणना सुरु भएको ११ दिनपछि अन्तिम नतिजा सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस