Latest News

काठमाडौं १७ को मतगणना चल्दै, बालेनलाई सुमन सायमीले पछ्याउँदै (मत परिणामसहित)

Nepalese Times May 24, 2022 (2 Year ago)    822 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ को गणना भइरहेको छ । अहिले सुरुवाती १०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । उनले २७ मत पाएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १९ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले १५ मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले १६ मत पाएका छन् ।

राप्रपालाई ४ र तराजुलाई १ मत परेको छ भने, ९ मत बदर भएको छ । अहिले वडा नम्बर १३ देखि २० सम्म नै गणना सुरु भएको छ ।२१ को गणना सकिएको छ । वडा नम्बर १७ मा जारी छ । सबैभन्दा बढी मत खसेको वडा नम्बर १६ को २ ठाउँबाट गणना हुँदै छ । त्यहाँ १२३३६ मत खसेको थियो ।

काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणनामा उनले ५१ हजार ५ सय ९६ मत पुर्‍याएका छन्। त्यस्तै, गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ४ सय ३० मत ल्याएकी छन्।

नेकपा एमालेका केशव स्थापितले ३१ हजार ८ सय ५६ मत ल्याएका छन्। अहिलेसम्म १ लाख ५७ हजार ३ सय १० मतगणना भइसकेको छ।

यस्तै मेयर पदमा स्वतन्त्र उम्मेदवार सुमन सायमीले ल्याएको भोटले मत गणनाको अन्तिम समयमा आएर धेरैलाई आश्चर्यमा पारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा जस्ता स्थापित पार्टीका उम्मेदवारहरूलाई उनले पछाडि छोडेका छन् ।

राप्रपाका मदनदास श्रेष्ठ र विवेकशीलकी समीक्षा बास्कोटा क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । अघिल्लोपटक विवेकशील र साझा पार्टीका उम्मेदवारहरुले कुल मिलाएर ४२ हजारभन्दा बढी भोट ल्याएका थिए । यसपाली समीक्षाले हजार भोट कटाउन मुस्किल पर्ने देखिएको छ । यस्तोमा सुमन सायमीले कसरी ल्याए यत्रो भोट भन्ने धेरैलाई कौतुहल हुन सक्छ ।

चुनावअघि सायमी उनी खासै चर्चामा थिएनन् । उनले लामो तयारी गरेर चुनावमा होमिएका पनि होइनन् । ३० दिन अगाडि मात्रै आफ्नो राजनीतिक यात्रा सुरु भएको सायमी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस