Latest News

ललितपुरको मेयरमा निर्वाचित भएलगत्तै चिरिबाबु महर्जनले गरे यस्तो घोषणा

Nepalese Times May 24, 2022 (2 Year ago)    583 Views

काठमाडौं । ललितपुर महानगरपालिकामा पुनः निर्वाचित भएका चिरिबाबु महर्जने पहिलो कार्यकालभन्दा पनि बढी काम गरेर देखाउने घोषणा गरेका छन् ।

मंगलबार मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले पहिलो कार्यकालभन्दा बढी काम गरी देखाउने बताएका हुन् ।

आफूहरु नगरबासीको भलाइको निमित्त, नगरको विकासको निमित्त आएको भन्दै उनले आफूहरु यसमा कुनै पनि किसिमको भेदभाव नगरीकन काम गरी देखाउने बताए ।

गएको कार्यकालमा पनि विभिन्न किसिमका राजनीतिक दलका प्रतिनिधिहरू रहेको भन्दै उनले तर पनि हामीले पाँच वर्षको दौरान हामीले तपाईंहरूले सम्झिने किसिमले काम गरेर देखाइएको बताए ।

उनले त्यो अनुभवलाई साँचेर पाँच वर्षको दौरानमा हामीले के गर्‍यौं त्योभन्दा पनि अझ बढी काम गरेर देखाउँने भन्दै जति सक्दो धेरै काम गरेर देखाउँने बताए ।

यस्तै मेयर–उपमेयरमा फरक राजनीतिक दलका प्रतिनिधि चुनिए पनि मिलेर नै काम गर्ने भन्दै उनले भने, ‘ ‘नगरको विकासको सन्दर्भमा हाम्रो बीचमा त्यस्तो किसिमको द्विविधा नरहला। हामी दुई जना पृथक राजनीतिक धरातलबाट आएको भए पनि चुनावमा जितिसकेपछि ललितपुरको महानगरपालिकाबासीको प्रतिनिधि हौं। हाम्रो निमित्त को कंग्रेस को एमाले ।’

यस्तै उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन्।

यस्तै काठमाडौं महानगरको वडा नम्बर १३ को मत गणना चलिरहेको छ । जारी मतगणनामा २ स्वतन्त्र उम्मेदवार सबैभन्दा अगाडि छन् । आँखिझ्याल चुनावचिन्ह लिएर लडेका सुमन सायमीले यस वडामा अग्रता लिएका हुन् । यो सायमीको घर भएको वडा हो ।

हालसम्म ४ हजार ६ सय ९० मत गणना भइसक्दा आँखिझ्यालले सर्वाधिक ११३२ भोट पाएको छ भने दोस्रोमा अर्का स्वतन्त्र उम्मेदवार बालेन साह छन् । उनको लौरोमा १०६३ भोट आएको छ ।

एमाले र कांग्रेस यस वडामा क्रमशः तेस्रो र चौंथो स्थानमा छन् । एमालेका केशव स्थापितले ९०४ भोट ल्याएँदा कांग्रेसकी सिर्जना सिंहको ६८० भोट आएको छ ।

प्रतिक्रिया दिनुहोस