Latest News

काठमाडौं महानगरमा कति मत गन्न बाँकी छ ? यस्तो छ पछिल्लो अपडेट

Nepalese Times May 23, 2022 (2 Year ago)    696 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । अब ५०१८० मत मात्रै गणना हुन बाँकी छन् । बेलुकी साढे ८ बजे सम्मको अपडेटअनुसार बालेन साहले ४७७५२ मतका साथ अग्रता कायम राखेका छन् ।

यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८१५ मत पाएकी छन् । एमालेका केशव स्थापितले २७९७७ मत पाएका छन् । त्यस्तै, अब पोखरामा १२ हजार ४९९ मतमात्र गन्न बाँकी छ। त्यसमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ५२ हजार ९७२ मत प्राप्त गरेका छन्।

यो उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले पाएको भन्दा ४ हजार ४४६ मत बढी हो। अहिले कायम रहेको मतान्तर र मतान्तरको शैली हेर्ने हो भने धनराज जित नजिक पुगेका छन्।

यता, उपमेयरमा पनि अवस्था उस्तै छ। एमालेकी मञ्जुदेवी गुरुङ र कांग्रेसकी कोपिला रानाभाटबीचको मतान्तर पनि ४ हजार २२ मतको छ। मञ्जुले ५५ हजार ५०४ र कोपिलाले ५१ हजार ४१२ मत पाएका छन्। मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ४६२ र उपमेयरकी उम्मेदवार रञ्जना सेनले पनि सोही परिणाममा मत पाएकी छन्।

त्यस्तै, काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा मेयर पदमा फराकिलो अग्रता बनाइरहेका बालेन साहले चलचित्रमा लागेको स्थानीय कर हटाउने आश्वासन दिएका छन्।

सोमबार आयोजित चलचित्र ‘चिसो मान्छे’को पत्रकार सम्मेलनमा सहभागी स्वतन्त्र उम्मेदवार साहले कलाकारदेखि चलचित्र विकास बोर्डका अध्यक्षसम्मले आफ्ना कुरा सुनाएका थिए।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बालेनसँग चलचित्रमाथि लाग्दै आएको स्थानीय कर हटाइदिन आग्रह गरेका थिए। दाहालले उक्त कर चलचित्र निर्मातालाई जाने गरी हटाइदिन उनले आग्रह गरेका थिए।

यदि त्यो कर हटेमा नेपाली चलचित्र निर्मातालाई फाइदा हुने उनको आशा थियो। दाहालले विद्यासुन्दर शाक्य काठमाडौंको मेयर हुँदा पनि यो कुरा आफूले उठाएको सुनाए।

तर कार्यान्वयन नभएको बताएपछि बालेनले आफूले मेयरमा जितेमा नेपाली चलचित्रमाथिको स्थानीय कर हटाइदिने आश्वासन दिएका छन्। साहले नेपाली चलचित्रसहित समग्र कला क्षेत्रको विकासमा आफू जुट्ने आश्वासन पनि कलाकारहरुलाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस