Latest News

काठमाडौं महानगरपालिकाको अर्को वडामा पनि कांग्रेसको प्यानलै विजयी

Nepalese Times May 23, 2022 (2 Year ago)    1074 Views

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० नेपाली कांग्रेसका प्यानल नै विजयी भएको छ । कांग्रेसबाट निर्वाचित अध्यक्ष रामकुमार केसीले ३४२८ मत ल्याए । यस्तै नेकपा एमालेका अशोक कार्कीले १९२३ मत ल्याए ।

यो वडामा मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा धेरै २७२८ मत ल्याएका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहले १७९७ र एमालेका केशव स्थापितले १११७ मत पाए ।

काठमाडौं महानगरपालिकाको मत गणना चलिरहेको छ । अहिले ८ वटा वडाको मत गणना भइरहेको हो । वडा १०, १३, १४, १५, २०, २१, २२, २६ मा मत गणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म १३५६९३ मत गनिएकोमा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ४६४७६ मत ल्याएका छन् भने दोस्रोमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७७९९ मत ल्याएकी छन्। त्यसैगरी एमालेका उम्मेदवार केशव स्थापितले २६८६१ मत ल्याएका छन्। काठमाडौं महानगरमा १९१००० मत खसेको थियो।

जारी मत गणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले वडा १०, १३, १४ र २६ अग्रता लिएका छन्। वडा १५ मा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छन् भने वडा २०, २१, २२ मा एमाले उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन्।

वडा ९ मा ७५८० मत खसेको थियो। त्यहाँ बालेनले अहिलेसम्म ३२१२ मत ल्याएका छन्, सिर्जनाले १३४६ मत ल्याएकी छन् भने स्थापितले १०९४ मत ल्याएका छन्।

वडा १० मा ७११० मत खसेकोमा बालेनले २६८३ मत ल्याएका छन्, सिर्जनाले १७६८ ल्याएकी छन् स्थापितले ११०७ मत ल्याएका छन्।

यस्तै, १३ मा ७६५८ मत खस्दा अहिलेसम्म बालेनले ५२३ मत ल्याएका छन्। सुमन सायमीले ५०७ मत ल्याएका छन् भने स्थापितले ३६९ मत ल्याएका छन्। सिंहले भने २८७ मत ल्याएकी छन्।

यसैगरी, १४ मा १०५६२ मत खसेकोमा अहिलेसम्म बालेनले ७०४ मत ल्याएका छन्। स्थापितले ४५९ मत, सिंहले ३७४ मत ल्याएकी छन्। २६ मा ७३७३ मत खस्दा अहिले बालेनले २२०१ मत ल्याएका छन्। सिंहले १३८७ मत ल्याएकी छन् भने स्थापितले १३०२ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस