Latest News

काठमाडौं महानगर अपडेटः बालेनको वडाको मत गणना चल्दै, अहिलेसम्म कसले कति मत ल्याए ?

Nepalese Times May 23, 2022 (2 Year ago)    536 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् । यो बालेनकै मतदाता नामावली भएको वडा हो ।

बालेनको घर काठमाडौं–९ गैरीगाउँमा रहेको छ । हालसम्म वडा नम्बर ९ को ७ हजार ४६९ वटा मतगणना भइसकेको छ । प्राप्त विवरणअनुसार बालेनले ३३१८ मत ल्याएर लिड गरिरहेका छन् ।

दोस्रोमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहको १३८२ भोट आएको छ । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले यस वडाबाट ११२० भोट ल्याएका छन् ।

यो वडाको मतगणना सकिन लागेको छ । हालसम्म काठमाडौंका २० वडाको मतगणना सकिँदा बालेन अन्य प्रतिस्पर्धीहरुभन्दा १८ हजार बढी मतले अगाडि छन् । उनको जित लगभग निश्चित देखिएको छ ।

यस्तै जारी मत गणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले वडा ९, १०, १३, १४ र २६ अग्रता लिएका छन्। वडा १५ मा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छन् भने वडा २०, २१, २२ मा एमाले उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन्।

वडा १० मा ७११० मत खसेकोमा बालेनले २६८३ मत ल्याएका छन्, सिर्जनाले १७६८ ल्याएकी छन् स्थापितले ११०७ मत ल्याएका छन्।

यस्तै, १३ मा ७६५८ मत खस्दा अहिलेसम्म बालेनले ५२३ मत ल्याएका छन्। सुमन सायमीले ५०७ मत ल्याएका छन् भने स्थापितले ३६९ मत ल्याएका छन्। सिंहले भने २८७ मत ल्याएकी छन्।

यसैगरी, १४ मा १०५६२ मत खसेकोमा अहिलेसम्म बालेनले ७०४ मत ल्याएका छन्। स्थापितले ४५९ मत, सिंहले ३७४ मत ल्याएकी छन्। २६ मा ७३७३ मत खस्दा अहिले बालेनले २२०१ मत ल्याएका छन्। सिंहले १३८७ मत ल्याएकी छन् भने स्थापितले १३०२ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस