Latest News

नतिजा आउन बाँकी पाँच महानगर र २ उपमहानगरको पछिल्लो अपडेट सार्वजनिक, कहाँ कसको अग्रता ?

Nepalese Times May 23, 2022 (2 Year ago)    737 Views

काठमाडौं । ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७२६ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । ६ महानगरमध्ये विराटनगर महानगरपालिकाको नतिजा आइसकेको छ भने बाँकी ५ महानगरको नतिजा आउन बाँकी छ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगन्ज महानगरपालिका र पोखरा महानगरपालिकामा अन्तिम मतपरिणाम आउन बाँकी छ।

ललितपुर, पोखरा, भरतपुर र वीरगन्जमा सत्ता गठबन्धनकै उम्मेदवार अगाडि हुँदा काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता बढाइरहेका छन्।

११ उपमहानगरमध्ये ९ वटाको अन्तिम नतिजा आइसकेको छ। अब धनुषाको जनकपुरधाम र दाङको तुलसीपुर उपमहानगरमा अन्तिम नतिजा आउन बाँकी छ। जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि हुँदा तुलसीपुरमा एमालेका उम्मेदवारको अग्रता छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह ४३ हजार ८ सय ५० मतसहित अगाडि छन् भने उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मतसहित पछ्याइरहेकी छिन् ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ३५ हजार ७०३ मतसहित अगाडि छन् भने उनलाई नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २० हजार ९ सय ४२ मत ल्याएर पछुयाइरहेका छन् ।

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका रेनु दाहालले ४३ हजार ४८४ ल्याएर अग्रता कायम गरेकी छिन् भने उनलाई नेकपा एमालेका विजय सुवेदीले ३३ हजार ६ सय १२ मत ल्याएर पछ्याइरहेका छन् ।

वीरगन्ज महानगरपालिकामा जसपाका राजेशमान सिंहले ३८ हजार ४ सय ३७ मत ल्याएर अग्रता कायम गरेका छन् भने नेकपा एमालेका विजयकुमार सरावगीले १९ हजार ६७९ ल्याएका छन् ।

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४७ हजार ९ सय ९२ मत ल्याएर अगाडि छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ४४ हजार १ सय ३९ मत ल्याएका छन् ।

यस्तै जनकपुर उपमहानगरपालिकाको मेयरमा ११४५३ मतसहित स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी अगाडि छन् भने तुलसीपुर उपमहानगरपालिकाको मेयरमा १८७४७ मतसहित नेकपा एमालेका टिकाराम खड्का अगाडि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस