Latest News

देशभरको विहानी अपडेटः ७२६ पालिकाको नतिजा सार्वजनिक, कसले कति ठाउँ जिते ? (विवरणसहित)

Nepalese Times May 23, 2022 (2 Year ago)    594 Views

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अझै केही ठाउँको त परिणाम आउन बाँकी छ । सोमबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, ९ वटा उपमहानगरसहित ७२६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

५ महानगरपालिकासहित २५ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।

अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ६, सिराहा, धनुषा, बारा र पर्साबाट १(१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ। यस्तै बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन्।

यस्तै गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रूपन्देहीका ३ पालिका तिलोत्तमा, लुम्बिनी सांस्कृतिक र कोटहीमाई गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ।

यस्तै कपिलबस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढी गंगा, अछामको साफेबगर नगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।

प्राप्त विवरण अनुसार मत गणना भइरहेका पालिकाहरुमा नेकपा एमालेले ७ ठाउँमा अग्रता कायम गरेको छ भने नेपाली कांग्रेस ५ ठाउँमा अगाडि छन् ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) ३, एकीकृत समाजवादी २, माओवादी केन्द्र २, लोसपा २, स्वतन्त्र २ ठाउँमा अगाडि रहेका छन् २ ठाउँको गणना हुन नै बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस