Latest News

काठमाडौं-१२ को मतगणना चल्दै, बालेनभन्दा सुमन सायमी ३ भोटले अगाडि (मतपरिणामसहित)

Nepalese Times May 22, 2022 (2 Year ago)    712 Views

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर १२ को मतगणनामा चल्दै छ । वडा नम्बर १२ को मत गणना चल्दै गर्दा स्वतन्त्र उम्मेदवार बालेन साहले कमजोर मत ल्याएका छन् ।

समग्र मतगणनामा अरुभन्दा धेरै अगाडि रहेका बालेन यस वडामा चौथो स्थानमा छन् । अहिलेसम्म यस वडामा १५१५ मतको गणना सकिएको छ ।

जसमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले अग्रस्थान लिइरहेकी छन् । उनको ४५५ भोट आएको छ भने दोस्रो स्थानमा एमालेका केशव स्थापितले ३४३ भोट ल्याएका छन् ।

तेस्रोमा छन् स्वतन्त्र उम्मेदवार सुमन सायमी । उनको चुनावचिन्ह आँखीझ्यालमा २२१ भोट आएको छ । बालेनले २१८ भोट ल्याएका छन् ।

अहिलेसम्म काठमाडौैंका मतगणना भइरहेका वडाहरुबाट मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाएका छन् । काठमाण्डौ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत ल्याएका छन् । एमालेका स्थापितभन्दा नेपाली कांग्रेसकी सिर्जना ६ सय ५४ मतले अगाडि छिन् ।

यस्तै स्थानीय तह निर्वाचनमा अहिलेसम्म ७०३ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ। हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले जितेका निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ। मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्। निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो।

प्रतिक्रिया दिनुहोस