Latest News

काठमाडौंमा १ लाख १२ हजार मत गनेर सकियो, बालेनले ४० हजार कटाउँदा अरु कसले कति ल्याए ?

Nepalese Times May 22, 2022 (2 Year ago)    852 Views

काठमाडौं । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाएका छन् । काठमाण्डौ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत ल्याएका छन् । एमालेका स्थापितभन्दा नेपाली कांग्रेसकी सिर्जना ६ सय ५४ मतले अगाडि छिन् ।

यस्तै स्थानीय तह निर्वाचनमा अहिलेसम्म ७०३ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ। हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले जितेका निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ। मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्। निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो।

यस्तै विवेकशिल साझाका रवीन्द्र मिश्रले धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका गोपाल हमाललाई पाँच वर्षको सहयात्रा सम्झिएका छन् ।

उनले समाजिक संजाल फेसबुकमा हमाललाई बधाई दिँदै धनगढी देशकै लागि नमूना बनोस् भन्ने कामना गरेका छन् । विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक रहेका हमालले उक्त पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

पुरानो दिन सम्झदै मिश्र लेख्छन् – झण्डै ५ वर्ष सहयात्रा गर्यौं। तपाईंकै नेतृत्वमा सुदूरपश्चिमका सबै जिल्लामा भ्रष्टाचारविरोधी यात्रा गर्यौं। पार्टीहरूप्रतिको वितृष्णाले स्वतन्त्र उठ्न चाहनुभयो। शानदार जित हासिल गर्नुभयो। तपाईंलाई बधाई अनि सफल कार्यकालको शुभकामना ।

यस्तै स्थानीय तह निर्वाचनमा अहिलेसम्म ७०३ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ। हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले जितेका निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस