काठमाडौं । पोखरा महानगरपालिकामा मत गणना चलिरहेको छ । पछिल्लो मत परिणाम अनुसार सत्ता गठबन्धनका मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ३४ हजार मत कटाएका छन्।
शनिबार दिउँसोसम्म ८५ हजार १५७ मत गणना गर्दा आचार्यले ३४ हजार ३३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३० हजार ९४९ मत प्राप्त पाएका छन् ।
उनीहरूबीच ३३८७ मतान्तर छ। त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार शंकर खरालले ३८३५ मत प्राप्त गरे।
स्वतन्त्र उम्मेदवारी दिएर लौरो चिन्हबाट चुनाव लडेका खडकराज पौडेल ९गनेस०ले २३३५ मत प्राप्त गरेका छन्। उपमेयरमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरूङले अग्रता लिएकी छन्। उनले ३५ हजार ३१२ मत प्राप्त गरिन्।
गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३४ हजार ८४७ मत प्राप्त गरेकी छन्। राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ३७३६ मत प्राप्त गरिन्।
यस्तै भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो ।
मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा (माओबादी केन्द्र)का रेनु दाहालले नेकपा (एमाले)का विजय सुवेदीलाई पाँच हजार ५९० मतान्तरले पछि पारेकी छिन् ।
दाहालले २८ हजार ८०८ मत प्राप्त गर्दा सुवेदीले २३ हजार २१८ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत ल्याएकी छिन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १३ हजार ९९ मतान्तरले अग्रता लिएकी छिन् । अधिकारीले ३१ हजार १२१ मत प्राप्त गर्दा गुरुङले १८ हजार २२ मत प्राप्त गर्नुभयो । यस्तै गणना जारी रहेका वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, एमालेले वडा नं ३, ११ र १२, नेकपा (एकीकृत समाजवादी)ले ७ र ९ तथा माओवादीले वडा नं १३ मा विजयी हासिल गरेको छ । भरतपुर महानगरमा २९ वडा छ ।