काठमाडौं । देशका अरु पालिकामा जस्तै काठमाडौं महानगरपालिकाको पनि मत गणना चलिरहेको छ । अहिलेसम्म काठमाडौं महानगरपालिकामा ७८ हजार ३ सय ६० मत गनेर सकिएको छ ।
पछिल्लो मत परिणाम अनुसार अहिलेसम्मा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८ प्रतिशत अर्थात २९ हजार ५ सय ८२ मत पाएका छन् । यस्तै नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले २० प्रतिशत अर्थात १५ हजार ९ सय २१ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले १९ प्रतिशत अर्थात १५ हजार १० मत पाएकी छिन् । काठमाडौं उपत्यकामा १ लाख ९२ हजार मत खसेको थियो । अहिले पनि मत गणना चलिरहेको छ ।
यस्तै स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ। हालसम्म ६५० पालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक पालिकामा जित निकालेको छ।
नेपालगन्ज उपमहानगरसहित ११० नगरपालिका जितेको कांग्रेसले १८२ गाउँपालिकामा जित निकालेको छ। यस्तै नेकपा एमालेले घोराही उपमहानगरपालिकासहित ६२ नगरपालिका र ११८ गाउँपालिकाको प्रमुख पद जितेको छ।
यस्तै नेकपा माओवादी केन्द्रले जितपुर सिमरा उपमहानगर सहित २० नगरपालिका र ९३ गाउँपालिकामा प्रमुख पद जितेको छ। यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ६ नगरपालिकासहित १४ पालिकामा प्रमुख पद जितेको छ।
जनता समाजवादी पार्टीले हालसम्म २० पालिकामा प्रमुख पद जितेको छ। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ८ वटा पालिकामा प्रमुख पद जितेको छ। राप्रपाले २ नगरसहित ४ पालिकामा जित्दा अन्यले २१ पालिकामा प्रमुख पद जितेका छन्।
यस्तै भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । ५८ हजार १३४ मतगणना हुँदा उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी ९ हजार बढी मतले अघि रहेका छन् । काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार २८८ मत पाएका हुन् । यस्तै राप्रपाकी १४ हजार ८४६ मत पाएकी छन् ।
यसैगरी मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २१ हजार ९६४ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १८ हजार ७७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८ हजार २२३ मत पाएका छन् ।