Latest News

केशव स्थापितले भोट हालेको वडा कांग्रेसले जित्यो, स्थापितको भोट बालेनको भन्दा धेरै

Nepalese Times May 20, 2022 (2 Year ago)    1381 Views

काठमाडौं । नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेको काठमाडौंकाे २८ नम्बर वडामा कांग्रेसको प्यानलै विजयी भएकाे छ ।

कांग्रेसका वडाध्यक्ष उम्मेदवार भाइराम खड्गी १२८१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विपेन्द्र खड्गीले १०७२ मत ल्याए ।

यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७३४, एमालेका केशव स्थापितले ७७३ र कांग्रेसकी सिर्जना सिंहले ७१० मत पाइन् ।यसअघि वडा नम्बर १, २, ३, ४, ५ एमालेले जितेको थियो। अहिले ६, ७, ८, २७, २८, २९, ३१ र ३२ वडामा मत जारी छ।

६५ हजार ८१ मत गन्दा अहिलेसम्म बालेनले २५ हजार १८५ मत पाएका छन्। स्थापितले १३ हजार ९८ मत पाएका छन् भने सिर्जनाले १२ हजार ४६० मत पाएकी छन्।

काठमाडौँ महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष र एक सदस्य पदमा नेकपा एमाले विजयी भएको छ। निर्वाचन आयोगका अनुसार वडा नं १ बाट एमालेका भरतलाल श्रेष्ठ ६ सय २२ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। उनीसँगै ७५९ मतका साथ एमालेकै सदस्य उम्मेदवार रसला तण्डुकार पनि विजयी भएकी छन्।

यस्तै वडा नम्बर २ मा ३३९७ मत खसेकोमा सबैभन्दा धेरै बालेन शाहले १२१५ मत पाएका छन् । केशव स्थापितले ७२८ मत पाएका छन् भने सिर्जना सिंहले ४९७ मत पाएका छन् ।

काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे।

वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी हुनुभएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाए।

यस्तै वडा नम्बर ३ मा ६ हजार २ सय ६३ मत खसेको थियो । जसमध्ये बालेन शाहले सबैभन्दा धेरै २४०६, केशव स्थापितले १२०३ र सिर्जना सिंहले ७२८ मत पाएका छन् ।

काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित भएका छन् । उनले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी ल्याएका छन् ।थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १५०८ भोट प्राप्त गरे ।

 

प्रतिक्रिया दिनुहोस