Latest News

काठमाडौंको विहानी अपडेट : साढे ५४ हजार मत गन्दा कसले कति ल्याए ?

Nepalese Times May 19, 2022 (2 Year ago)    958 Views

काठामडौं । काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार मत कटाएका छन् । ताजा मत परिणाम अनुसार शाहले २१, १११ मत प्राप्त गरेका हुन् ।

महानगरको पछिल्लो मत परिणामअनुसार ५४, ६२१  मत गन्दा बालेन शाह एमालेका उम्मेदवार केशव स्थापितभन्दा १०,१२३ मतले अगाडि छन् ।

स्थापितले अहिलेसम्म १०, ९९८ मत ल्याएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १०, १७३ मत ल्याएका छन् । उपमेयरमा एमालेकी सुनिता डङ्गोलले अहिलेसम्म २० हजार ७ सय ३ मत ल्याएकी छिन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ५ सय ३३ मत पाएकी छिन् ।

काठमाडौँ महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष र एक सदस्य पदमा नेकपा एमाले विजयी भएको छ। निर्वाचन आयोगका अनुसार वडा नं १ बाट एमालेका भरतलाल श्रेष्ठ ६ सय २२ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। उनीसँगै ७५९ मतका साथ एमालेकै सदस्य उम्मेदवार रसला तण्डुकार पनि विजयी भएकी छन्।

यस्तै वडा नम्बर २ मा ३३९७ मत खसेकोमा सबैभन्दा धेरै बालेन शाहले १२१५ मत पाएका छन् । केशव स्थापितले ७२८ मत पाएका छन् भने सिर्जना सिंहले ४९७ मत पाएका छन् ।

काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे।

वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी हुनुभएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाए।

यस्तै वडा नम्बर ३ मा ६ हजार २ सय ६३ मत खसेको थियो । जसमध्ये बालेन शाहले सबैभन्दा धेरै २४०६, केशव स्थापितले १२०३ र सिर्जना सिंहले ७२८ मत पाएका छन् ।

काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित भएका छन् । उनले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी ल्याएका छन् ।थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १५०८ भोट प्राप्त गरे ।

वडा नम्बर ५ मा ४ हजार ७९ मत खसेकोमा बालेन शाहले १५०१, केशव स्थापितले १०६६ र सिर्जना सिंहले ७२७ मत पाएका छन् । अहिले मत गणना रहेका अन्य वडाहरुमा पनि बालेन शाहले नै सबैभन्दा धेरै मत ल्याएका छन् । यो वडामा एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस