Latest News

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई धक्का, भाइदेखि दिदीसम्म पराजित

Nepalese Times May 18, 2022 (2 Year ago)    874 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीलाई स्थानिय चुनावमा गम्भीर धक्का लागेको छ। उनले आफ्ना भाइदेखि दिदीसम्मलाई चुनावमा उठाएका थिए। उनीहरू दुवै चुनावमा पराजित भएका छन्। नेकपा माओवादी केन्द्रसँग तालमेल गरेपनि आफ्नै वडा र पालिका उपाध्यक्ष जिताउन मेटमणि असफल भएका हुन्।

मेटमणिको गृह पालिका गढवाको वडा नम्बर ७ को अध्यक्षमा उनका भाइ पुरन चौधरी उठेका थिए। एकीकृत समाजवादीबाट आफ्नै वडा अध्यक्षमा उठाएका पुरनले ५०३ मत ल्याएर पराजित भएका छन्। मेटमणिको वडामा अध्यक्षमा काँग्रेसका राहुलदेव चौधरीले ९९१ मत ल्याएर विजयी भएका छन्। मेटमणिले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेपनि आफ्नै भाइलाई जिताउन असफल भएका छन्।

यस्तै मेटमणिले आफ्नै दिदी शान्तिलाई माओवादीसँग तालमेल गरेर एकीकृत समाजवादीबाट उपाध्यक्षमा उठाएका थिए। शान्तिले समेत उपाध्यक्षमा पराजित भएकी छन्। अन्तमा काँग्रेसबाट उठेकी शारदा चौधरी विजयी भएकी छन्। शारदाले ५१८१ मत ल्याएर विजयी भएकी छन्। एमालेकी सीता चौधरीले ४८३० मत र एकीकृत समाजवादीकी शान्ति चौधरीले ४११२ मत ल्याएर तेस्रो भएकी छन्।

चुनावी भाषणका क्रममा मात्र होइन, पार्टी जन्मिएको केही समयपछि नै एमाले आगामी निर्वाचनबाट पत्तासाफ हुने बताएका थिए। उता ओलीले माधव नेपालको पार्टी चुनावबाट पत्तासाफ हुने दाबी गरेका थिए ।

२४ कात्तिकमा डडेल्धुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा माधव नेपालले भनेका थिए, ‘आगामी निर्वाचनबाट पाँच पार्टीको गठबन्धन बनेको छ। आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं। केपी गुटको पत्तासाफ हुने छ।’

उनले एमालेलाई टर्च बालेर खोज्नपर्ने अवस्थामा पुगेको पनि बताएका थिए। चुनावी सभामा भाषण गर्नेक्रममा पनि नेपालले सूर्य चिन्हको पत्तासाफ हुने दोहोर्‍याएका थिए।सोही प्रसंग झिक्दै गत ८ वैशाखमा एमाले अध्यक्ष ओलीले जवाफ फर्काएका थिए, ‘सूर्यको पात हुँदैन। कहाँबाट पत्तासाफ हुन्छ? जसको पात छन्, त्यसका पात सूर्यले नै झारिदिन्छ।’

नेपालले भनेजस्तै निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर त गयो। तर, एमाले पत्तासाफ भने भएको छैन। बरु नेपालकै दलले पाएको मतपरिणामका कारण एकीकृत समाजवादी भने निराश भएको नेपालकै भाषणले प्रष्ट बोलिदिएको छ।

अधिकांश पालिकामा सत्ता गठबन्धन र काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ल्याएको मतले अत्तालिएको छ एमाले। ज्वरो आएर बालकोटमा आराम गरिरहेका ओलीको ध्यान महानगर र उपमहानगरमा नै छ। तर, उत्साहित नतिजा भने ल्याएको छैन।

बरु, सत्ता गठबन्धनकै ‘आड’ लागेरै भए पनि एउटा महानगर र एउटा उपमहानगरपालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ। तर, आफूलाई देशकै ठूलो दल भन्ने गरेको नेकपा एमालेले भने कुनैपनि महानगरमा अग्रता लिन सकेको छैन्। महानगरपालिकामा ‘चमत्कार’ गर्छौं भनेका एमाले महासचिव शंकर पोखरेललाई एउटै महानगरमा अग्रता लिन नसकेको परिणामले भने गिज्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस