Latest News

केशव स्थापितको वडामा बालेन शाहले कति मत पाए ? यस्तो आयो पछिल्लो मत परिणाम

Nepalese Times May 18, 2022 (2 Year ago)    937 Views

काठमाडौं । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितको आफ्नै वडामा दोब्बर मतले पछाडी परेका छन् ।

जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले स्थापितको वडामा झण्डै दोब्बर मतले अग्रता कायम गरेका हुन्। स्थापित आफ्नै वडामा तेस्रो भएका छन्। केशव स्थापितको वडा नम्बर २९ मा १३ सय ७० मत गणना हुँदा बालेन शाहले ४ सय ६२ मत प्राप्त गरेका छन्।

बालेनपछि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले ३ सय २१ मत ल्याएकी छन् भने स्थापितले जम्मा २७० मत पाएको महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै  मत गणना सकिएको वडाहरुमध्ये वडा नम्बर १ मा २३१८ मतमध्ये बालेन शाहले ७८३, केशव स्थापितले ३६५ र सिर्जना सिंहले ४५१ मत पाएका छन् ।

काठमाडौँ महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष र एक सदस्य पदमा नेकपा एमाले विजयी भएको छ। निर्वाचन आयोगका अनुसार वडा नं १ बाट एमालेका भरतलाल श्रेष्ठ ६ सय २२ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। उनीसँगै ७५९ मतका साथ एमालेकै सदस्य उम्मेदवार रसला तण्डुकार पनि विजयी भएकी छन्।

यस्तै वडा नम्बर २ मा ३३९७ मत खसेकोमा सबैभन्दा धेरै बालेन शाहले १२१५ मत पाएका छन् । केशव स्थापितले ७२८ मत पाएका छन् भने सिर्जना सिंहले ४९७ मत पाएका छन् ।

काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे।

वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी हुनुभएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाए।

यस्तै वडा नम्बर ३ मा ६ हजार २ सय ६३ मत खसेको थियो । जसमध्ये बालेन शाहले सबैभन्दा धेरै २४०६, केशव स्थापितले १२०३ र सिर्जना सिंहले ७२८ मत पाएका छन् ।

काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित भएका छन् । उनले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी ल्याएका छन् ।थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १५०८ भोट प्राप्त गरे ।

वडा नम्बर ५ मा ४ हजार ७९ मत खसेकोमा बालेन शाहले १५०१, केशव स्थापितले १०६६ र सिर्जना सिंहले ७२७ मत पाएका छन् । अहिले मत गणना रहेका अन्य वडाहरुमा पनि बालेन शाहले नै सबैभन्दा धेरै मत ल्याएका छन् । यो वडामा एमालेले जितेको छ ।

एमालेका उम्मेदवार वीरेन्द्र प्रजापति १ हजार ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश डंगोलले १ हजार ५७५ मत ल्याएका छन् । ५ हजार ९९९ मतदाता मध्ये वडा नम्बर ५ मा ४ हजार ७९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस