Latest News

काठमाडौंको उपमेयरमा सुनिता डंगोल अत्याधिक मतले अगाडि, यस्तो आयो पछिल्लो मतपरिणाम

Nepalese Times May 17, 2022 (2 Year ago)    849 Views

काठमाडौं । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह अत्याधिक मतले अघि छन् । बालेनसँगै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले पनि अत्याधिक मत ल्याएकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोल साढे ६ हजार भन्दा धेरै मतले छिन् । उनले अहिलेसम्म ९ हजार ४ सय २१ मत पाएकी छिन्। एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६ सय ६४ मत ल्याएका छन् ।

अहिलेसम्म २३० स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जितेको छ ।

अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुखरउपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका ५० पालिकामा विजय हासिल गरेको छ। नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्।

वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जित हात पारेको छ।

अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुखरउपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका ५० पालिकामा विजय हासिल गरेको छ। नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्।

काठमाडौं महानगरपालिकामा पनि अहिले मतगणना भइरहेको छ । काठमाडौं महानगरको मतगणना अघि बढ्दै जाँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता बढाउँदै लगेका छन्।

प्रारम्भिक मतपरिणामसँगै शाहले मेयर जित्न सक्ने चर्चा आममानिसबीच सुरू भएको छ। मुख्य पार्टीका नेताहरू भने अहिले नै निष्कर्षमा पुग्न नमिल्ने तर्क गरिरहेका छन्।

एमालेका मेयर उम्मेदवार केशव स्थापितले त अन्तिम परिणाम आउँदा आफूले नै जित्ने र शाह तेस्रो हुने दाबी गरेका छन्। मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरूरी नभएको उनले बताए । स्थापितले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे। उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न आग्रह पनि गरे।

काठमाडौं महानगरकी निवर्तमान उपमेयर तथा कांग्रेस नेता हरिप्रभा खड्गीले पनि प्रारम्भिक परिणामका आधारमा अहिले नै निष्कर्ष निकाल्न नमिल्ने तर्क गरिन्।

 

प्रतिक्रिया दिनुहोस