Latest News

काठमाडौं महानगरः दोस्रो स्थानका लागि सिर्जना र केशव स्थापितबीच कडा टक्कर

Nepalese Times May 17, 2022 (2 Year ago)    950 Views

काठमाडौं । अहिलेसम्म २३० स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जितेको छ ।

अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुखरउपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका ५० पालिकामा विजय हासिल गरेको छ। नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्।

वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जित हात पारेको छ।

अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुखरउपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका ५० पालिकामा विजय हासिल गरेको छ। नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्।

काठमाडौं महानगरपालिकामा पनि अहिले मतगणना भइरहेको छ । काठमाडौं महानगरको मतगणना अघि बढ्दै जाँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता बढाउँदै लगेका छन्।

प्रारम्भिक मतपरिणामसँगै शाहले मेयर जित्न सक्ने चर्चा आममानिसबीच सुरू भएको छ। मुख्य पार्टीका नेताहरू भने अहिले नै निष्कर्षमा पुग्न नमिल्ने तर्क गरिरहेका छन्।

एमालेका मेयर उम्मेदवार केशव स्थापितले त अन्तिम परिणाम आउँदा आफूले नै जित्ने र शाह तेस्रो हुने दाबी गरेका छन्। मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरूरी नभएको उनले बताए । स्थापितले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे। उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न आग्रह पनि गरे।

काठमाडौं महानगरकी निवर्तमान उपमेयर तथा कांग्रेस नेता हरिप्रभा खड्गीले पनि प्रारम्भिक परिणामका आधारमा अहिले नै निष्कर्ष निकाल्न नमिल्ने तर्क गरिन्।

अहिले १ देखि ६ सम्मका वडा र ३१, ३२ नम्बर वडा गरी आठवटा वडाको मतगणना जारी छ। अहिले मतगणना भइरहेका वडाबाहेक अरू वडाको मतगणना हुँदा केशव स्थापित वा सिर्जना सिंह पहिलो हुने कुनै सम्भावना छैन।

दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ९ हजार १८६ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्।

एमालेका केशव स्थापितले चार हजार ९४८ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार १९३ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस