धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ४ मा कृष्ण बहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेसले टिकट नदिए पछि स्वतन्त्रबाट उम्मेदवारी दिएका गुरुङ्ले ५०९ मत को फराकिलो अन्तरले विजयी भएका हुन् ।
उनी ११०३ मतले विजय हुँदा उनका प्रतिस्पर्धी एमालेका रामबहादुर अर्यालले ५९४ मत ल्याए । नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५३९ मत ल्याए ।
यस्तै नलिकण्ठ ३ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठले पनि ७०० अत्याधिक फराकिलो मतान्तरमा विजयी भएका छन् । उनले कुल २ हजार ८ सय ४१ मत खसेकोमा १ हजार ३ सय ३९ मत ल्याउन सफल भएका थिए ।
उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपी कृष्ण भण्डारी ले ६ सय ३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २ सय ४१ मत र नेकपा माओवादीका नारायण कुमार श्रेष्ठले ३ सय ९५ मत पाए ।
धादिङमा हालसम्म विजयी भएका ४३ वडा अध्यक्षहरु यस्ता छन्
कांग्रेस- नेत्रावती डबजोङ १ – ठाकुर गुरुङ, नेत्रावती डब्जाेङ २ – मिनबहादुर तामाङ, नेत्रावती डब्जोङ ३ – सुरेश गुरुङ, रुविभ्याली १ – पम्बर तामाङ, बेनिघाट रोराङ १ – जीवन सिं तामाङ, ज्वालामुखी २ – राजु लोप्पा, ज्वलामुखी ३ – उमेश श्रेष्ठ, गजुरी २ – द्रोण कडेल, गजुरी ३ – ऋषिलाल श्रेष्ठ
गजुरी ४ सुरेन्द्र चेपाङ विजयी, गल्छी ४ राजु अधिकारी विजयी, त्रिपुरासुन्दरी १ भिम प्रसाद भट्ट विजयी, धुनीबेसी ३ मा प्रकाश हमाल विजयी
सिद्धलेक २ मा सागर गुरुङ विजयी, खनियाबास ४ लिलामान तामाङ विजयी
माओवादी केन्द्र- नीलकण्ठ १ गणेशबहादुर गुरुङ विजयी, नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ विजयी,धुनीबेसी १ मानबहादुर तामाङ विजयी, धुनीबेसी ६ मा रमेश आचार्य विजयी, बेनिघाट रोराङ २ हेमराज भुजेल विजयी,
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी,बेनिघाट रोराङ ५ शिव सिल्वाल विजयी, गल्छी ३ राजन भुजेल विजयी, गल्छी ५ सरोज तामाङ बिजयी, गजुरी १ मा तारा भण्डारी विजयी, सिद्धलेक १ मा पेमा लामा विजयी,गंगाजमुना १ बहादुर सिङ लामा विजयी
एमाले – गल्छी १ यदुकुमार खतिवडा विजयी, गल्छी २ षडानन्द खनाल विजयी, थाक्रे १ श्याम सुन्दर थापा विजयी, बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी, ज्वालामुखी १ कृष्ण गिरी विजयी, एकीकृत समाजवादी,
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी, धुनीबेसी ४ हरि सुवेदी विजयी, गंगाजमुना ७ मा रविन अधिकारी विजयी,रुविभ्याली २ रुप घले विजयी
राप्रपा – खनियाबास १ सोनाम बहादुर तामाङ विजयी, खनियाबास २ अरुण कुमार पाख्रिन विजयी, खनियाबास ३ कमनसिं तामाङ विजयी, रुबीभ्याली ४ प्रशान्त तामाङ,
जसपा – रुबीभ्याली ३ फेदाेर्जे तामाङ विजयी,
स्वतन्त्र – नीलकण्ठ ३, राजकुमार श्रेष्ठ, ज्वालामुखी ४ कृष्णबहादुर गुरुङ