काठमाडौं । अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । सोमबार बिहान ८ बजेसम्मको अपडेटमा कांग्रेसले सबैभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ। यसअघि कांग्रेसले एमालेलाई पछ्याएको थियो।
अहिलेसम्म कांग्रेसले ३४ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ३१ स्थानीय तहमा बाजी मारेको छ। यस्तै, माओवादी केन्द्रले २० र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। अन्यले १ स्थानमा जित हासिल गरेको छ।
यी हुन् कपा एमाले विजयी भएका पालिका र जनप्रतिनिधिहरु
नेकपा एमाले विजयी भएका पालिका अन्तर्गत मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले, मनाङको चामे गाउँपालिकामा अध्यक्ष लोकेन्द्रबहादुर घले, मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङमा छोम्पेल विष्ट विजयी भएका छन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा रिङजिन नामगेल गुरूङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्षमा टसी न्वर्वु गुरूङ,डोल्पाको से फोक्सुण्डो गाउँपालिका अध्यक्षमा धावा सम्डुङ गुरुङ,सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षमा मिङ्मा छिरि शेर्पा, बझाङको साइपाल गाउँपालिका अध्यक्षमा मानबहादुर बोहोरा विजयी भएका छन् ।
नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा प्रकाश ओझा विजयी भएका छन् भने बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा प्रदिप गौचन विजयी भएका छन् भने म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा वेगप्रसाद गर्वुजा विजयी भएका छन् ।
यस्तै तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका अध्यक्षमा यादवबहादुर खापुङ विजयी भएका छन् भने दार्चुलाको महाकाली नगरपालिकामा मेयर नरसिंह चैसिर विजयी भएका छन् । स्याङजाको हरीनास गाउँपालिका अध्यक्षमा खिमनारायण मानन्धर र बैतडीको पन्चेश्वर गाउँपालिका गोरखबहादुर चन्द विजयी भएका छन् ।
दैलेखको गुराँस गाउँपालिका अध्यक्षमा टोपबहादुर वि.सी र नवलपुरको बुलिङटार गाउँपालिका अध्यक्षमा दीपेन्द्र सुनारी विजयी भएका हुन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा कैसाङ नुर्पू तामाङ र इलामको माङसेबुङ गाउँपालिकाअध्यक्ष हेमन्त राई विजयी भएका छन्
तेह्रथुमको छथर गाउँपालिका अध्यक्षमा सन्तवीर लिम्बू र मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा हिदम लामा विजयी भएका छन् । डोटीको जोयारल गाउँपालिका अध्यक्षमा दुर्गादत्त ओझा र भोजपुरको हतुवागढी गाउँपालिका अध्यक्षमा प्रेमकुमार राई निर्वाचित भएका छन् ।
पाल्पाको तिनाउ गाउँपालिका अध्यक्षमा प्रेम श्रेष्ठ, मकवानपुरको इन्द्र सरोवर गाउँपालिका अध्यक्षमा देवकृष्ण पुडासैनी शर्मा, पाल्पा पूर्वखोला गाउँपालिका अध्यक्षमा नुनबहादुर थापा, तेह्रथुमको म्याङलुङ नगरपालिका मेयरमा सन्जयकुमार तुम्बाहाङ्फे निर्वाचित भएका छन् ।
दैलेख डुंगेश्वर गाउँपालिका अध्यक्षमा सुन्दर केसी, अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्षमा टेकराज न्यौपाने र कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्षमा निर्मल राना निर्वाच्न् भएका छन् ।
यी हुन् नेपाली कांग्रेस विजयी भएका पालिका र जनप्रतिनिधिहरु
मनाङको नार्पा भूमी गाँउपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जीङ लामा विजयी भएका छन् भने मनाङको नासोँ गाउँपालिकामा धनबहादुर गुरुङ विजयी । यस्तै मुस्ताङको घरपोझङ गाउँपालिकामा मोहनसिंह लालचन विजयी भएका छन् ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा खिलध्वज पन्थी विजयी भएका छन् भने गन्यापधुरा गाउँपालिकामा अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी भएका छन् । यस्तै गुल्मीको गुल्मीदरबार गाउँपालिकामा अध्यक्ष सरोजकुमार थापा विजयी भएका छन् भने डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष भैरवबहादुर साउद विजयी भएका छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिकामा अध्यक्ष कर्णबहादुर रावल विजयी भएका छन् भने बागलुङको तमानखोला गाउँपालिकामा अध्यक्ष जोकलाल बुढा विजयी भएका छन् । यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा अध्यक्ष भरत रोकाया र सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा अध्यक्ष मीनादेवी कार्की निर्वाचित भएका छन् ।
संखुवासभाको सभापोखरी गाउँपालिकामा अध्यक्ष भीमबहादुर लिम्बू, सल्यानको कुमाख गाउँपालिकामा अध्यक्ष मानबहादुर बुढाथोकी, बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउद विजयी भएका छन् ।
दैलेख भैरवी गाउँपालिका अध्यक्षमा रिता शाही, लमजुङको दूधपोखरी गाउँपालिका अध्यक्षमा धनप्रसाद गुरूङ, बागलुङको गलकोट नगरपालिका मेयरमा भरत शर्मा, तेह्रथुमको फेदाप गाउँपालिका अध्यक्षमा केशवप्रसाद भेटवाल, पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्षमा वंमप्रसाद लावती निर्वाचित भएका छन् ।
यस्तै कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा मीनबहादुर गुरूङ, यस्तै सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्षमा खिलराज बस्नेत, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा निमा ग्याजेङ शेर्पा, डडेल्धुराको नवदुर्गा गाउँपालिका अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी निर्वाचित भएका छन् ।
यस्तै अछाम ढाकरी गाउँपालिका अध्यक्षमा प्रकाशबहादुर साउद, ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा युक हां वीर हांगाम र रसुवाको आमाछोदिङ गाउँपालिका अध्यक्षमा बुचुङ तामाङ निर्वाचित भएका छन् ।
यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्षमा भवबहादुर भण्डारी, अछामको कमलबजार नगरपालिका मेयरमा यज्ञप्रसाद ढकाल, प्युठानको ऐरावती गाउँपालिकामा नवीलविक्रम शाह, डोटीको आदर्श गाउँपालिका अध्यक्षमा गणेशबहादुर खड्का, धनकुटाको सागुरीगढी गाउँपालिका अध्यक्षमा जीतेन्द्र राई, सल्यान त्रिवेणी गाउँपालिका अध्यक्षमा खिमबहादुर राउत, बझाङको मास्टा गाउँपालिका अध्यक्षमा ज्ञानबहादुर बोहरा र सर्लाही धनकौल गाउँपालिका अध्यक्षमा रामश्रेय साह निर्वाचित भएका छन् ।
यी हुन् नेकपा माओवादी केन्द्र विजयी भएका पालिका र जनप्रतिनिधि
डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी, दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी, बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक, उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई, रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर, खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई, दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी, हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा, सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई, गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी, दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी, दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे, भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई, दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की, डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला, रूकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू, रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा
नेकपा एकीकृत समाजवादी तर्फ डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी र भोजपुरको साल्पासिलिछो गाउँपालिका: अध्यक्ष दौलथकुमार कुलुङ राई स्वतन्तर उमुमेदवार विजयी भएका छन् ।