Latest News

विराटनगर महानगरमा पनि एमालेले खोल्यो खाता, घिमिरेको प्यानलै विजयी

Nepalese Times May 16, 2022 (2 Year ago)    630 Views

काठमाडौं । विराटनगर महानगरपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ। विराटनगर-१९ को वडाध्यक्षमा एमालेका श्याम घिमिरे ९ सय ८७ मतसहित विजयी भएका छन्। घिमिरे प्यानलसहित बिजयी भएका हुन्।

त्यसैगरी काठमाडौं महानगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा एमालेले वडाध्यक्ष जितेर विजयी सुरुवात गरेको हो ।

मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् । भरतलाल यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।

मतगणनाको प्रारम्भदेखि नै अग्रता लिएका बालेनले क्रमशः अन्तर बढाइरहेका छन् । अहिले काठमाडौंको २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ । मतगणना स्थलमा खटिएका नेपाली कांग्रेस र एमालेका दलीय प्रतिनिधिहरु प्रारम्भिक मत गणनाको नतिजामा मेयर पदमा खसेको मतका कारण निराश देखिन्छन् ।

काठमाडौं मेयर पदमा अहिल्यै बालेनले जित्छन् भन्न सकिने अवस्था नरहे पनि मतदाताले हालेको भोटको शैलीले आफ्नो उम्मेदवारको जितलाई कठिन देखाएको एक प्रतिनिधिले बताए ।

मतगणनास्थलमा हेरिएको मतपत्रअनुसार मेयरको भोट जसरी पनि लौरोमै हाल्नुपर्छ भन्ने ट्रेण्ड देखिएको एमालेका ति प्रतिनिधिको भनाइ छ । ‘हामीले सात सूर्य सात छाप भनेर मतदातालई सिकाएका हौं,’ उनी भन्छन् ‘ ब्यालेटको मतमा एक छाप लौरो ६ छाप सूर्य देखिन्छ ।’ आफ्नो पार्टीको भित्री मतदाता रहेको भनि गरिएको आकलन र टोलबाट समेत मेयर पदमा लौरोमा मात्रै एउटा मत खसाएको पाइएको ती प्रतिनिधिको भनाइ छ ।

एमालेको जस्तै दुःख ब्यालेटमा नेपाली कांग्रेसलाई पनि छ । गणना भएका वडाहरुमा तेस्रो स्थानमा कांग्रेसी मत देखिनुले गठबन्धनले काम नगरे जस्तो पाइएको नेपाली कांग्रेसका एक प्रतिनिधिले बताए । उनको भनाइमा कांग्रेसी कार्यकर्ताले मत माग्दै मेयरको मत बालेनका लागि मागेको जस्तो देखिएको छ ।

‘मत गणना भएका वडाहरुमा वडा अध्यक्ष पदमा एमालेसंग तिब्र प्रतस्पर्धा छ तर मेयर पदमा एउटा भोट अनिवार्य जस्तै गरेर लौरोमा हालिएको छ,’ ती प्रतिनिधि भन्छन् ‘एक भोट बालेनका लागि र बाँकी भोट कांग्रेसलाई माया गरेर पार्टीका लागि हालेको जस्तो देखिन्छ ।’

मत गणना स्थलमा देखिएको दृश्यअनुसार काठमाडौं महानगर पालिकामा बदर मतको संख्या धेरै हुने आकलन गरिएको छ । हरेक वडामा भएको मतदानमा दल र स्वतन्त्र उम्मेदवार बालेन साह दुबैलाई मत हाल्न खोजेका कारण बदर मतको संख्या उच्च छ ।

एमाले, कांग्रेस र राप्रपाका लागि धेरै मतदान गरेका मतदाताले बालेनको लौरो चिन्हमा पनि मतदान गरेको स्थलगत रिपोर्टिङमा देखिको छ । मतदाताहरुले एक भोट लौरोमा, अर्को भोट पनि मेयरकै सूर्यमा खसाएका छन् ।

यस्तै एक भोट लौरोमा र अर्को भोट पनि मेयरको कांग्रेसमा खसाएका कारण बदर धेरै देखिएको छ । मतगणना स्थलमा खटिएका दलका प्रतिनिधिहरुका अनुसार वडा अध्यक्ष र सदस्यहरुमा लहरै मत हालिए पनि मेयर पदका लागि गरिने मतदानमा साह, स्थापित र सिंहलाई तीनवटैमा खसाउन खोज्दा धेरै मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस