काठमाडौं । अहिलेसम्म ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले २८, नेपाली कांग्रेस २५, नेकपा माओवादी केन्द्रले २१ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् ।
उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३६, एमाले २१, माओवादी १३, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।
मतगणना जारी स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले सबभन्दा बढी २६८, एमाले १६७, माओवादी केन्द्र ९५ र एकीकृत समाजवादीले १७ स्थानमा अग्रता लिएका छन् । यस्तै जसपा २८, लोकतान्त्रिक समाजवादी पार्टीले ११ स्थानमा अग्रता लिइरहेका छन् ।
मनाङको नार्पा भूमी गाँउपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जीङ लामा विजयी भएका छन् भने मनाङको नासोँ गाउँपालिकामा धनबहादुर गुरुङ विजयी । यस्तै मुस्ताङको घरपोझङ गाउँपालिकामा मोहनसिंह लालचन विजयी भएका छन् ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा खिलध्वज पन्थी विजयी भएका छन् भने गन्यापधुरा गाउँपालिकामा अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी भएका छन् । यस्तै गुल्मीको गुल्मीदरबार गाउँपालिकामा अध्यक्ष सरोजकुमार थापा विजयी भएका छन् भने डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष भैरवबहादुर साउद विजयी भएका छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिकामा अध्यक्ष कर्णबहादुर रावल विजयी भएका छन् भने बागलुङको तमानखोला गाउँपालिकामा अध्यक्ष जोकलाल बुढा विजयी भएका छन् । यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा अध्यक्ष भरत रोकाया र सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा अध्यक्ष मीनादेवी कार्की निर्वाचित भएका छन् ।
संखुवासभाको सभापोखरी गाउँपालिकामा अध्यक्ष भीमबहादुर लिम्बू, सल्यानको कुमाख गाउँपालिकामा अध्यक्ष मानबहादुर बुढाथोकी, बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउद विजयी भएका छन् ।
दैलेख भैरवी गाउँपालिका अध्यक्षमा रिता शाही, लमजुङको दूधपोखरी गाउँपालिका अध्यक्षमा धनप्रसाद गुरूङ, बागलुङको गलकोट नगरपालिका मेयरमा भरत शर्मा, तेह्रथुमको फेदाप गाउँपालिका अध्यक्षमा केशवप्रसाद भेटवाल, पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्षमा वंमप्रसाद लावती निर्वाचित भएका छन् ।
यस्तै कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा मीनबहादुर गुरूङ, यस्तै सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्षमा खिलराज बस्नेत, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा निमा ग्याजेङ शेर्पा, डडेल्धुराको नवदुर्गा गाउँपालिका अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी निर्वाचित भएका छन् ।
यस्तै अछाम ढाकरी गाउँपालिका अध्यक्षमा प्रकाशबहादुर साउद, ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा युक हां वीर हांगाम र रसुवाको आमाछोदिङ गाउँपालिका अध्यक्षमा बुचुङ तामाङ निर्वाचित भएका छन् ।