काठमाडौं । देशभर स्थानीय तह निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको छ । मतगणनासँगै मत परिणाम आउने क्रम पनि सुरु भएको छ । अहिलेसम्म ३७ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणाम अनसार नेकपा एमालेले १५ पालिका जितेर शीर्ष स्थानमा रहेको छ ।
यस्तै नेपाली कांग्रेसले ११ वटाको प्रमुख, माओवादी केन्द्रले नौ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।उपप्रमुखमा एमालेका १२, कांग्रेसका १९, माओवादीका चार, एकीकृत समाजवादीका एक र स्वतन्त्र एकले जित हासिल गरेका छन् ।
अहिलेसम्म नेकपा एमालेले प्रमुखमा सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका, मनाङको ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका, मुस्ताङको वरागुङ्ग मुक्ति क्षेत्र गाउँपालिका, मुस्ताङको लोमन्थाङ गाउँपालिका र डोल्पाको शे फोक्सुन्डो गाउँपालिका जितेको छ ।
यस्तै एमालेले बझाङको साइपाल गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका, बझाङको थलरा गाउँपालिका, मुस्ताङको थासाङ गाउँपालिका, म्याग्दीको मालिका गाउँपालिका, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका, स्याङ्जाको हरिनास गाउँपालिका र दार्चुलाको महाकाली नगरपालिकामा प्रमुखमा विजयी हाँसिल गरेको छ ।
यस्तै नेपाली कांग्रेसले गुल्मीको गुल्मीदरबार गाउँपालिका, डडेल्धुराको गन्यापधुरा गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिका,गुल्मीको रेसुङ्गा नगरपालिका, मनाङको नासो गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका जतिेको छ ।
यस्तै कांग्रेसले डोटीको बडीकेदार गाउँपालिका, बाग्लुङको तमानखोला गाउँपालि, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका जितेको छ ।
नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका, डोल्पाको जगदुल्लाह गाउँपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, दार्चुलाको अपी हिमाल गाउँपालिका, खोटाङको जन्तेढुङ्गा गाउँपालिका, दार्चूलाको नौगाड गाउँपालिका, उदयपुरको लिम्चुङबुङ, रोल्पाको थवाङ गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिका जितेको छ ।
नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाको छार्का साङतोङ गाउँपालिका जितेको छ । यस्तै उपप्रमुखमा ३७ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा उपाध्यक्षमा एमालेका १२, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ ले जित हासिल गरेका छन् ।
एमालेले उपमेयरमा मनाङको नार्पाभूमी गाउँपालिका, मुस्ताङको लोघेकर दामोदर गाउँपालिका, डोल्पाको काइके गाउँपालिका, मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका, सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका, बझाङको साइपाल गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका, मुस्ताङको लोमान्थाङ गाउँपालिका, डोल्पाको छार्का साङतोङ गाउँपालिका, म्याग्दीको मालिका गाउँपालिका,
स्याङ्जाको हरिनास गाउँपालिका र दार्चुलाको महाकाली नगरपालिका जितेको छ ।
यस्तै कांग्रेसले उपमेयरमा मनाङको चामे गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, डोल्पाको काइके गाउँपालिका, गुल्मीको रेसुङ्गा नगरपालिका, डडेल्धुराको गन्यापधुरा गाउँपालिका, डोटीको बडीकेदार गाउँपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, बाग्लुङको तमानखोला गाउँपालिका, बझाङको थलरा गाउँपालिका, मुस्ताङको थासाङ गाउँपालिका, दार्चुलाको अपी हिमाल गाउँपालिका जितेको छ ।
यस्तै कांग्रेसले गुल्मीको गुल्मीदरबार गाउँपालिका, खोटाङको जन्तेढुङ्गा गाउँपालिका, दार्चुलाको नौगाड गाउँपालिका, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका, उदयपुरको लिम्चुङबुङ गाउँपालिका, उदयपुरको लिम्चुङबुङ गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिका जितेको छ ।
माओवादी केन्द्रले मनाङको नासों गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, डोल्पाको जगदुल्लाह गाउँपालिका र रोल्पाको थवाङ गाउँपालिकामा उपमेयर पद जितेको छ । एकीकृत समाजवादीले दैलेखको नौमुले गाउँपालिका र मनाङको ङिस्याङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले उपमेयर जित हाँसिल गरेको परिणाम सार्वजनिक भएको छ ।