Latest News

ज्वालामुखी २ मा कांग्रेसका लोप्पा विजयी (मतपरिणामसहित)

Nepalese Times May 15, 2022 (2 Year ago)    757 Views

कठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु लोप्पा वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले ६५६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटटम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका अर्जुन शाहीले ६५३ मत ल्याएका छन् ।

कांग्रेस बाटै स्वतन्त्रको उम्मेदवारको समाना गर्नु परेको लोप्पाले अन्तत जित हात पारी कांग्रेसको ज्वालामुखी २ लाई कांग्रेसको विरासद जोगाएका छन् ।

यस्तै ज्वालामुखी गाउँपालिकाको वडा नम्वर १ बाट वडा अध्यक्ष पदमा एमालेका कृष्ण गिरी बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई ७ मतले पछि पार्दै विजयी भएका हुन् ।

अरु वडाको मतपरिणाम आउन बाँकी रहंदा पालिकाको अध्यक्ष पदमा भने नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । पालिकाको वडा नम्वर १ र २ को मतगणना सम्पन्न भईसक्दा नयाँ मत परिणाम भने केहीबेरमा सार्वजनिक हुनेछ ।

केहीबेर अघि प्राप्त मत परिणाम अनुसार पालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार यमनाथ दनैले अगाडि छन् ।

यस्तै धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका माधव प्रसाद खतिवडालाई पराजित गर्दै नेकपा एमालेका यदुकुमार खतिवडा विजयी भएका छन् ।

एमालेका यदुकुमार खतिवडाले निकटतम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार पराजित माधव प्रसाद खतिवडालाई १३९ मतको अन्तरले पराजित गरेका हुन् ।

जितका लागि यदुले ११३५ मत ल्याए भने माधव ९९६ मतमा रोकिएका थिए । यस वडाबाट पालिका अध्यक्ष तर्फ एमालेका केदार नाथ खतिवडाले १३१२ मत पाएका छन् ।

गठबन्धनबाट अध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका कृष्ण हरी श्रेष्ठले ७९२ मत र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका भाईकाजी श्रेष्ठले ११०६ मत पाएका छन् । भने एमालेबाट उपाध्यक्ष उम्मेदवार राधा लामिछानेले ९९८ मत प्राप्त गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस