काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना चलिरहेको छ । मतगणनाको ताजा विवरण आउने क्रम जारी रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले सबैभन्दा धेरै ठाउँमा जितेको छ भने नेपाली कांग्रेस दोस्रो नम्बरमा रहेको छ । एमालेले ९ पालिकामा र कांग्रेसले ८ पालिकामा जित हाँसिल गरेको हो ।
निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक हुँदा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित कायम गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका र
मनाङको चामे गाउँपालिका जितेको छ ।
यस्तै नेकपा एमालेले वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ, लोमन्थाङ गाउँपालिका मुस्ताङ, डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध), बझाङको साइपाल गाउँपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका जितेको छ ।
यस्तै नेपाली कांग्रेसले गुल्मीको गुल्मीदरबार गाउँपालिका, डडेलुधराको गन्यापधुरा गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र मनाङको नार्पाभूमि गाउँपालिका जितेको छ ।
यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका, मनाङको नासो गाउँपालिका, गुल्मीको गुल्मीदरबार गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका र डोटीको बडीकेदार गाउँपालिका कांग्रेसले जितेको छ ।
नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका, डोल्पाको जगदुल्लाह गाउँपालिका र बाग्लुङको ताराखोला गाउँपालिका जितेको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाको छार्का साङतोङ गाउँपालिका जितेको छ । यी दुबै गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।