Latest News

माओवादी केन्द्रलाई १ मतले पराजित गर्दै कांग्रेस उम्मेदवार विजयी

Nepalese Times May 15, 2022 (2 Year ago)    1250 Views

काठमाडौं  । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ को वडाध्यक्षमा एक मतको अन्तरले कांग्रेस उम्मेदवार विजयी भएका छन्। कांग्रेसका महेन्द्रदीप राईले राईले ५५१ मत प्राप्त गरेका छन्।

माओवादीका मोहन राई ५५० मत प्राप्त गरे। थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा भने माओवादी केन्द्रका भोजराज कार्की प्यानलसहित विजयी भएका छन्।

त्यस्तै काठमाडौंको शंखरापुर नगरपालिका – ९ को वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका शहदेव श्रेष्ठ वडाध्यक्षमा बिजयी भएका छन् । ७ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४ सय ७७ मत पाएका छन् ।

यस्तै राप्रपाका दिवाकर सिलवालले ३ सय ५३ मत पाएका छन् । त्यस्तैगरी नेपाली कांग्रेसका उम्मेदवारले गुल्मीको रेसुंगा नगरपालिका, डडेलधुराको गन्यापधुरा गाउँपालिका, मनाङको नासोमा गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र मनाङको नार्पाभूमि गाउँपालिका जितेको छ ।

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। उनी १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन्।

मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी भएका छन्। लालचनले ७ सय ६० मत ल्याउँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएका छन्। मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। कांग्रेसबाट धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित भएका हुन्। उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ ९१३ मत प्राप्त गरेका छन्।

अध्यक्षमा एमालेका मनबहादुर गुरुङ ६४६ मत प्राप्त गरेका छन्। उपप्रमुख स्वतन्त्रबाट अर्विन गुरुङले ४९६ मत ल्याए। गुल्मीको गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सरोज कुमार थापा विजयी भएका छन्।

नेपाली कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन्। यस्तै गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका नगरपालिका प्रमुखका उम्मेदवार खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे ७ हजार ३ सय २० मत ल्याए । उनलाई एमालेकी रिता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस