काठमाडौं । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा ठाकुर गुरुङ विजयी भएका छन् ।
गुरुङ २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए । १ हजार ५ सय १० मत ल्याएका उनी तेस्रो भएका थिए ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनले ६ सय ३ मत ल्याएर विजयी भएका हुन् । माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली मगरले ४ सय ११ मत ल्याए भने एमालेका ईश्वर थापा मगरले १ सय ९ मत ल्याएका छन् ।
अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षको उम्मेदवार बनेर पराजित भएका उनी यस पटक भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडा अध्यक्षमानिर्वाचित भएका हुन् ।
यसअघि माओवादीले जितेको नेत्रावती डवजोङ १ मा यो पटक कांग्रेसका ठाकुर गुरुङले अत्याधिक मतका साथ विजयी बनेका हुन् ०७४ सालमा माओवादी केन्द्र चन्द्रबहादुर पल्ली मगर ३७६ मत विजयी बनेका थिए भने यो पटक कांग्रेसका पालिका सभापति समेत रहेका गुरुङले ६०३ मत ल्याई विजयी भएका हुन् ।
यस्तै पालिकाको अध्यक्ष तर्फ यस वडाबाट हँसिया हथौडालाई ४७६, रुखलाई ३८४ र सूर्यलाई ९६ मत प्राप्त भएको छ भने उपाध्याक्ष तर्फ रुखले ५४५, हँसिया हथौडा ४१९ र सुर्यले ११० मत ल्याएका छन् ।
यस्तो थियो ०७४ सालको मत परिणम
प्रमुखमा
कांग्रेस टेकजंग लामा १५७३ मत, एमाले दुर्गकुमार शाक्य १६४६ मत विजयी, माओवादी केन्द्र ठाकुर गुरुङ १५१० मत (गुरुङ हाल माओवादी केन्द्र परित्याग गरि काँग्रेसको पालिका सभापति बनेका छन्), राप्रपा बोसबहादुर तामाङ २७० मत, नयाँ शक्ति टेकबहादुर तामाङ ९४ मत
उप प्रमुखमा
कांग्रेस आशामायाँ तामाङ १५०९ मत, एमाले मिना तामाङ १३९१ मत, माओवादी केन्द्र उर्मिला तामाङ १५४२ मत विजयी, राप्रपा आकृती लामा तामाङ २९६ मत