Latest News

१४ पालिकाको नतिजा सार्वजनिक, सबैभन्दा धेरै एमालेसहित कसले कुन ठाउँ जिते ? (विवरणसहित)

Nepalese Times May 15, 2022 (2 Year ago)    1421 Views

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना चलिरहेको छ । चर्चामा रहेको काठमाडौं र भरतपुर महानगरपालिकासहित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा मतगणना भइरहेको हो ।

पछिल्लो मतगणनाअनुसार १४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । १४ मध्ये सबैधन्दा धेरै ठाउँमा नेकपा एमालेले जित हाँसिल गरेको छ । सत्ता गठबन्धनका उम्मेदवारलाई चुनौती दिँदै नेकपा एमालेका उम्मेदवार सबैभन्दा धेरे ठाउँमा विजयी भएका हुन् ।

अहिलेसम्म १४ वटा पालिकाको परिणाम सार्वजनिक हुँदा निर्विरोध भएकासहित नेकपा एमालेले ६ पालिका जितेको छ । यस्तै नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ स्थानीत तह जितेका छन् ।

अहिलेसम्म नेकपा एमालेले मुस्ताङको लोमान्थाङ गाउँपालिका, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, मनाङको मनाङ ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका जितेको छ ।

यस्तै एमालेले मनाङको चामे गाउँपालिका, र डोल्पाको शे फोक्सुन्डो गाउँपालिका जितेको छ । डोल्पाको शे फोक्सुन्डो गाउँपालिकामा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवारले गुल्मीको रेसुंगा नगरपालिका, डडेलधुराको गन्यापधुरा गाउँपालिका, मनाङको नासोमा गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र मनाङको नार्पाभूमि गाउँपालिका जितेको छ ।

माओवादी केन्द्रले डोल्पाको जगदुल्लाह गाउँपालिका अध्यक्ष र नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जितेको छ । यी दुबै गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

मतगणना भैरहेको ठाउँमा कांग्रेसले अग्रता लिएको भएपनि अहिलेसम्मे नेकपा एमालेका उम्मेदवारहरु धेरै ठाउँमा विजयी भएका हुन् ।२६० ठाउँमा कांग्रेसले र १६७ ठाउँमा एमालेले अग्रता लिएको छ । माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ ठाउँमा अग्रता बनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस