Latest News

काठमाडौंको मेयर र उपमेयर दुबैमा सत्ता गठबन्धनभन्दा एमालेको अग्रता, अहिलेसम्म कसले कति ल्याए ?

Nepalese Times May 15, 2022 (2 Year ago)    2450 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको नेतृत्वमा को आउलान् भन्ने चासोका साथ परिणाम कुरेर धेरै मानिसहरु बसिरहेका छन् । मध्यरातमा पनि मतगणना चलिरहेको छ ।

काठमाडौं महानगरपालिकामा सत्तारुढ दलहरुबीच गठबन्धन भएकोले पनि काठमाडौंको नतिजा गठबन्धनको पक्षमा आउला या नआउला भन्ने चासो रहेको छ ।

पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धनका मेयर र उपमेयर दुबै उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले उछिनेका छन् । नेकपा एमालेका उम्मेदवारहरुले मेयरमा कांग्रेस उम्मेदवार र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई उछिनेका हुन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता बढ्दै गएको छ। अहिले पनि मतगणना चलिरहेको छ ।

आइतबार बिहानसम्मको मतपरिणाम अनुसार उनी निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै चार सयभन्दा धेरै मतले अघि रहेका छन् ।

पछिल्लो मत परिणामअनुसार १२५४ भन्दा धेरै मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वीभन्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८७८ मत पाएका छन्।

सत्ता गठबन्धनबाट साझा उम्मेदवारको रुपमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह भने ७१९ मत ल्याएकी छिन् । राष्ट्रियसभा गृहमा मत गणना जारी छ। अहिलेसम्म ३ हजार ७२७ भन्दा धेरै मत गणना भइसकेको छ।

उपमेयरममा पनि नेकपा एमालेका उम्ेमदवार भारी मतले अगाडि रहेकी छिन् । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनीता डंगोलले ९२० मत पाएकी छन् भने नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २८६ मत पाएका छन् ।

राप्रपाकी विनिता मगौयाले २०८ मत पाएकी छन् । निर्वाचन कार्यालयका अनुसार हाल काठमाडौं महानगरपालिकाको ५ वटा वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस