Latest News

काठमाडौं महानगरमा झण्डै ४ हजार मत गन्दा बालेन ४ सय भोटले अगाडि, अरु कसको कति ?

Nepalese Times May 15, 2022 (2 Year ago)    1221 Views

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता बढ्दै गएको छ। अहिले पनि मतगणना चलिरहेको छ ।  आइतबार बिहानसम्मको मतपरिणाम अनुसार उनी निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै चार सयभन्दा धेरै मतले अघि रहेका छन् ।

पछिल्लो मत परिणामअनुसार १२५४ भन्दा धेरै मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वीभन्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८७८ मत पाएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह भने ७१९ मतसहित तेस्रो स्थानमा छन्। राष्ट्रियसभा गृहमा मत गणना जारी छ। अहिलेसम्म ३ हजार ७२७ मत गणना भइसकेको छ।

काठमाडौं महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले उम्मेदवारी दिएका छन् ।

पाँच वर्षअघिको चुनावमा एमाले मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएका थिए। त्यतिखेर काठमाडौंका मुख्य नेवार बस्तीहरूबाट विद्यासुन्दरले आफूभन्दा १२ हजार बढी मत ल्याएको जोशी बताउँछन्।

एमाले नेता तथा सांसद रामवीर मानन्धरले पनि एमालेले त्यो बेला कोर–सिटीबाट १२ हजार बढी मत ल्याएको पुष्टि गरे। यसरी कोर–सिटीको नेवार समुदायबाट कम मत पाएकै कारण जोशीले कांग्रेसकै उपमेयर हरिप्रभा खड्गीभन्दा कम मत ल्याएका थिए।

खड्गीले ५८ हजार भोट ल्याउँदा जोशीले ४५ हजार मात्र पाएका थिए। शाक्यले मेयरमा पाएको ६५ हजार भोट उपमेयरमा खड्गीले पाएभन्दा ७ हजार जति मात्रै धेरै हो।

स्वतन्त्र उम्मेदवार बालेन शाहको ‘क्रेज’ पनि ह्वात्तै बढिरहेको छ । यो पटकको स्थानीय तहको चुनावमा एमालेका स्थापित र कांग्रेसकी सिंहलाई बालेन शाहका कारण अप्ठ्यारो अवस्था आउन सक्ने देखिएको छ ।

यसैगरी ललितपुरको मतगणना पनि भइरहेको छ । ललितपुरमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन अगाडी छन् ।

प्रतिक्रिया दिनुहोस