काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिले पनि मत गणनाको क्रम चालिरहेको छ । पछिल्लो मतपरिणाम अनुसारु अहिलेसम्म९०४ मत गनिसकिएको छ ।
मत परिणाम अनुसार वडा नम्बर १ को ४००, २ को १०० र ३२ को ४०४ गनिसक्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।
उनले २९८ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १६१ मतले पछ्याइरहेका छन् । कांग्रेसकी सिर्जना संह १५९ मतका साथ तेस्रो स्थानमा छिन् ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ३९५ र नेकपा एसका रामेश्वर श्रेष्ठले ८७ मत प्राप्त गरेका छन् । सुनिता डंगोलले प्राप्त गरेको मत श्रेष्ठको भन्दा ४ गुणाभन्दा बढि हो । अहिले ४ नम्बर वार्डको मत गणना सुरू भएको छ ।
यस्तै स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा आज दिउँसो ४ः१५ बजेदेखी मतगणना सुरु भएको छ । यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको ।
पोखरा–१२ बाट अहिले गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभयो । अहिले नगर विकास समितिको हलमा गणना भइरहेको छ । पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता रहेकामा एक लाख ४३ हजार २२८ मत खसेको थियो ।
पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा९एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट कृष्ण थापाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ । यस्तै भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता लिएका छन् ।
यस्तै बामलोकतान्त्रिक गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेकी रेनु दाहाल र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सुवेदीलाई पछ्याइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।