Latest News

ललितपुर महानगर : कांग्रेसको मेयर उम्मेदवार दोब्बर मतले अघि

Nepalese Times May 14, 2022 (2 Year ago)    801 Views

काठमाडौं । स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । ५० मत गन्दा महर्जनले २८ सहित सुरुवाती अग्रता लिएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १० मत पाएका छन् ।

महर्जन अघिल्लो कार्यकालमा पनि ललितपुर महानगरका मेयर थिए ।कांग्रेसलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ छ भने एमाले एक्लै प्रतिष्पर्धा गरिरहेको छ ।

ललितपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, नेपाली कांग्रेसका चिरीबाबु महर्जन, विवेकशील साझा पार्टीका उज्वलकृष्ण श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जन र नेपाल मजदुत किसान पार्टीका अशोक महर्जनले उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा मालेबाट मोहन राज शाक्य, जनमत पार्टीबाट बासुदेव अमात्यले उम्मेदवारी दिएका छन् । यस्तै सरिना लाखे ९जोशी०, सुरेश महर्जन, राजेन्द्र थापा मगर, सनि कपुर महर्जन, सपना श्रेष्ठले पनि मेयर पदमा उम्मेदवारी दिएका छन् ।

यस्तै काठमाडौं महानगरपालिकाको मत गणना अहिले चलिरहेको छ । मतगणना अनुसार बालेन्द्र शाहले सुरुवाती अग्रता कायम गरेका छन् । काठमाडौं महानगरका दुईवटा वडाको मतगणना सुरु भएको हो । वडा नं १ र वडा नं। ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका हुन् ।

त्यस्तै काठमाडौं महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ । काठमाडौं महानगरपालिकाको मेयरमा कसले बाजी मार्ला रु भन्ने आम चासो रहेका छ ।

मेयर पदका लागि अरु धेरै जनाले उम्मेदवारी दर्ता गराए पनि विशेषगरी ३ जनाको भिडन्त हुने देखिएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहबीच कडा प्रतिष्पर्धा हुने देखिएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा त्रिपक्षीय भिडन्त देखिएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि छन् भने उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

पछिल्लो मतगणना अनुसार बालेन २९७ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १९२ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी सिर्जना १४७ मतका साथ तेस्रोमा छिन् । अघि स्थापित तेस्रोमा र सिर्जना दोस्रो स्थानमा थिइन् । बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।

स्वतन्त्र उम्मेदवार बालेन शाहको ‘क्रेज’ पनि ह्वात्तै बढिरहेको छ । यो पटकको स्थानीय तहको चुनावमा एमालेका स्थापित र कांग्रेसकी सिंहलाई बालेन शाहका कारण अप्ठ्यारो अवस्था आउन सक्ने आड्कलबाजी गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस