कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । अहिले नतिजा आउने क्रम जारी छ ।बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानल सहित विजयी भएका छन् ।
एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरूमा पनि एमाले नै विजयी भएका छन् ।
यस्तै काठमाडौं । नेकपा एमालेले काठमाडौंमा पनि खाता खोलेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् । मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् । यो नगरपालिकामा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता कायम गरेर हुन् । अहिले पनि बुढानिलकण्ठ नगरपालिकामा मतगणना चलिरहेको छ ।
बुढानिलकण्ठ नगरपालिकामा मेयर पदका लागि नेकपा एमालेबाट मिठाराम अधिकारी, नेपाली कांग्रेसबाट विनोद चालिसे नेकपा माओवादी केन्द्रबाट डम्बर प्रसाद अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिता राम विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट वालकृष्ण श्रेष्ठ, विवेकशील साझा पार्टीबाट खेम कुमारी भुर्तेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निना भेटुवाल, राष्ट्रिय जनमोर्चाबाट छवि बहादुर खनालले उम्मेदवारी दिएका छन् ।
नेपाली जनता दलबाट टिका राम मोटे वसाइ ठकुरी र नेकपा समाजवादीबाट निर्मला पाण्डेले उम्मेदवारी दिएका छन् । यस्तै मेयर पदमा आशिष श्रेष्ठ, रमेश श्रेष्ठ, महेश केसी, सुमित खरेल, सुमन खड्काले उम्मेदवारी दिएका छन् ।