Latest News

सत्ता गठबन्धनबाट काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जनाले कहाँबाट मतदान गर्दै छिन् ?

Nepalese Times May 12, 2022 (2 Year ago)    675 Views

काठमाडौं । चुनावको हाल्ने समय आउन अब केही समय मात्रै बाँकी रहँदा देशभर आवश्यक तयारीहरु भइरहेका छन् । मतखानको दिन उम्मेदवारहरुले कुन ठाउँबाट भोट हाल्दै छन् ? भन्ने चासोसमेत बढेको छ ।

सबैभन्दा धेरै चर्चामा रहेको महानगरपालिकामध्ये काठमाडौ महानगरपालिकामा मेयर उम्मेदवार सिर्जना सिंहले काठमाडौं महानगरपालिका १६ पक्नाजोलमा रहेको नेपाल युवक माविबाट मतदान गर्दै छिन् ।

सत्ता गठबन्धनबाट मेयर पदमा साझा उम्मेदवार सिंहसहित उनका श्रीमान एवम् नेपाली कांग्रेसभा नेता प्रकाशमान सिंहले पनि त्यहि तदान केन्द्रबाट बिहान ८ बजे मतदान गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै चर्चामा रहेको अर्को महानगरपालिका भरतपुरका मेयर उम्मेदवार रेनु दाहालले भरतपुर १४ शिवनगरमा रहेको पुलिस स्कुलबाट मतदान गर्दै छिन् । माओवादी केन्द्रका अध्य पुष्पकमल दहाहालकी छोरीसमेत रहेकी उनी र प्रचण्डले पनि पुलिस स्कुलबाट नै मतदान गर्न लागेका हुन् ।

यस्तै नेकपा एमालेका मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्ने कार्यक्रम रहेको । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ सात हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको छ ।

कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।

विवेकशिल साझाका मेयरका उमेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभुत विद्यालयबाट मतदान गर्दै छन् । भोलि बिहान ८ बजेभित्र मतदान गरिसक्ने योजना रहेको उनले जानकारी दिए । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।

यस्तै भोलि गाडी नचल्ने भएकाले भोट हाल्न काठमाडौंमा गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाण्डौ उपत्यका छोडेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो ।

गाडी नपाउँदा हिजो धेरै यात्रु घण्टौँसम्म गाडी कुरेर बसेका थिए । यस्तै, पालिका चुनावका लागि एक हप्तायता ५ लाखको हाराहारीमा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाले जानकारी दिनुभयो ।

गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थाले पनि अस्ति र हिजो भिड धेरै थियो । यस्तै, हिजो धेरैजसो लामो दूरीका यात्रु बाहिरिएका थिए । आज भने मध्यम दूरीका यात्रु धेरै बाहिरिने क्रममा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस