Latest News

नमूना मतपत्रमा बेरेर रकम बाँड्ने कांग्रेस उम्मेदारलाई एमाले कार्यकर्ताले पारे ठिक, मागे माफी

Nepalese Times May 8, 2022 (1 Year ago)    1480 Views

रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ का कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार दुर्गाप्रसाद खनालले माफी मागेका छन् ।उनले मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको भेटाएपछि स्थानीयले माफी मगाएका हुन् ।

मालारानीमा नेपाली कांग्रेसकी नेतृ शान्ता खनालले आफ्ना श्रीमान् दुर्गा खनाललाई चुनाव जिताउन पैसा बाँड्न थालेको अवस्थामा रंगेहात फेला पारेक थिए ।

मालारानी–३ को खनदहमा खनाल फेन्सी स्टोरका संचालकसमेत रहेकी शान्ताले वडा अध्यक्षको उम्मेदवार बनेका पति दुर्गाप्रसाद खनाललाई जिताउन स्थानीय छिमेकी प्रयोग गरी पैसा बाँड्न थालेको अवस्थामा भेटिएको थियो ।

शान्ताले विष्णु होटल एण्ड रेष्टुरेन्टका संचालक विष्णु चुँदालीलाई प्रयोग गरी होटलमा खाजा खान जानेहरूलाई रुख चिह्नमा मतदान गर्न आग्रह गर्दै पैसा बाँडेकी थिइन्।

मालारानी–३ गोयलीका सागर चौहान र सुमन खनाललाई खाजा खाने क्रममा होटल संचालक विष्णु चुँदालीले वडा अध्यक्ष पदमा रुख चिह्नमा छाप लाउन आग्रह गर्दै नमूना मतपत्रमा बेरेर ४ हजार रुपैयाँ दिएका थिए । त्यसपछि घटना बाहिरिएको हो ।

पैसा बाँडेको थाहा पाएपछि नेकपा एमालेका कार्यकर्ता आक्रोशित भएका थिए। उनले मत माग्दै ४ हजार रुपैयाँ दिएपछि चौहान र खनालले प्रहरीमा उजुरी दिएका थिए।

स्थितिलाई तनावपूर्ण हुन नदिन निर्वाचन अधिकृतको रोहबरमा छलफल गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने शर्तमा लिखित माफी मगाइएको हो ।

प्रतिक्रिया दिनुहोस