Latest News

एमाले प्रवेश गरेर माओवादी केन्द्रमै फर्केका डल्लाकोटीले जब प्रचण्डलाई भेटेर यस्तो भने…

Nepalese Times April 6, 2022 (3 Year ago)    802 Views

काठमाडौं – नेकपा (एमाले) प्रवेश गरेको दुई दिनमै माओवादी केन्द्र फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले आफूबाट गल्ती भएको बताएका छन्।

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका उनले आफू परिबन्धमा परेर एमाले प्रवेश गरेको बताएका हुन्।

‘अध्यक्षज्यू, केही मान्छेको परिबन्दमा परि बालकोट पुगेँ। यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन, सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु। र, म २ दिनमै घर फर्केको छु,’ डल्लाकोटीको भनाइ उद्धृत गर्दै प्रचण्डका प्रेस संयोजनक रमेश मल्लले फेसबुकमा लेखेका छन्।

अध्यक्ष प्रचण्डले भने गल्ती गरे भनिसकेकाले अब काममा फर्किन भनेको मल्लले लेखेका छन्।

डल्लाकोटी सोमबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका थिए। तर उनले मंगलबार विज्ञप्ति जारी गर्दै माओवादीमा फर्किएको बताए।

विज्ञप्तिमा उनले ‘क्षणिक आक्रोश र आवेशमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई’ एमाले प्रवेश गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस