Latest News

समाचार प्रभावः ज्वालामूखीका एमाले अध्यक्षले ५ लाख फिर्ता गरे, कामदारले ज्याला पाए

Nepalese Times September 1, 2025 (7 Hour ago)    383 Views

धादिङ । धादिङको ज्वालामूखी गाउँपालिका–६ मा मदन आश्रित भवन निर्माणका क्रममा नेकपा एमाले ज्वालामूखी गाउँपालिका अध्यक्ष ध्रुव अधिकारीको खल्तीमा पुगको ५ लाख रुपैयाँ फिर्ता भएको छ ।

नेप्लिज टाइम्स डटकमा समाचार प्रकाशित भएसँगै यसबारे छलफल गर्न आकस्मिक बैठक बसेको थियो । लगत्तै एमाले ज्वालामूखीका अध्यक्ष अधिकारीले आफूसँग भएको ५ लाख रुपैयाँ उपभोक्ता समितिलाई फिर्ता गरेका हुन् ।

आफूसँग भएको रकम उपभाेक्ता समितिलाई फिर्ता गरेको र अब समितिसँग आफ्नो लेनदेनको कारोबार टुंगिएको अध्यक्ष अधिकारीले नेप्लिज टाइम्सलाई बताए । उनका अनुसार उनले झ्याल ढोकाबापत पाउनुपर्ने रकमसमेत उपभोक्ता समितिमार्फत पाएका छन् । उने भवन निर्माणका लागि ३ लाख ८५ हजार रुपैयाँ बराबरको काठ उपलब्ध गराएको बताएका थिए ।

यस्तै भवन निर्माणमा खटिएका कामदारहरुलेसमेत आफूले पाउनुपर्ने रकम पाएका छन् । काम गर्ने व्यक्तिहरु सबैलाई दिनुपर्ने रकम भुक्तानी गरिएको उपभोक्ता समितिकी अध्यक्ष कल्पना सेडाईंले नेप्लिज टाईम्सलाई बताईन् । यस्तै उपभोक्ता समितले भवन निर्माणका लागि खरिद गरिएका निर्माणका सामग्रीकोसमेत भुक्तानि दिएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ को बजेटमार्फत ज्वालामूखी गाउँपालिका–६ मा मदन आश्रित स्मृती भवन निर्माण भएको हो । भवन निर्माणका लागि बागमती प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो बजेटमध्ये उपभोक्ता समितिले साढे २७ लाख रुपैयाँ भुक्तानि पाएको थियो ।

सहरी विकास तथा भवन कार्यलय नुवाकोटअन्तर्गत ज्वालामूखी एमालेले आफ्नो पार्टी कार्यलय निर्माणको लागि बजेट पाएको थियो । त्यहि बजेटमार्फत ज्वालामूखी–६ देउरालीमा एमालेले पार्टी कार्यलय प्रयोजनका लागिस मदन आश्रित भवन निर्माण गरेको हो ।

यसअघि प्रकाशित समाचार:

ज्वालामूखी एमालेको भवन निर्माणमा घोटला, प्रदेशको बजेट पार्टी अध्यक्ष अधिकारीको खल्तीमा

प्रतिक्रिया दिनुहोस