Latest News

उपसभामुख हटाउने विषयले कांग्रेसमा भाँडभैलो

Nepalese Times August 19, 2025 (1 Month ago)    375 Views

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन भन्दै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गरिरहेका छन्।

यो हस्ताक्षर गर्ने विषयमा नेपाली कांग्रेसभित्र भने मतभेद देखिएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सांसदलाई आकस्मिक रुपमा उपस्थित हुन भन्दै हस्ताक्षरका लागि डाकिएको थियो।

हस्ताक्षर गर्नका लागि कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही सांसद गएनन्। खासगरी कांग्रेस इतर समूहका सांसदहरू हस्ताक्षर गर्न नगएका हुन्।

कोइरालानिकट सांसद सञ्जय गौतमले उपसभामुखलाई हटाउनका लागि भनेर हस्ताक्षर गर्ने भनेर कुनै सल्लाह नभएको जानकारी दिए।

हस्ताक्षर गर्नका लागि शेखर समूहबाट सांसद दीलेन्द्र बडूमात्रै दलको कार्यालय पुगेका छन्। प्रतिनिधिसभामा कांग्रेसका ८८ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस