काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सचिवालयलाई गलत विवरण उपलब्ध गराएको भेटिएको छ । उनले आफ्नो सांसदको २ कार्यकालसम्म संसद सचिवालयलाई नक्कली मानार्थको विवरण उपलब्ध गराएको भेटिएको हो ।
ग्रिनफोर्ड इन्टरनेसनल युनिभर्सिटीले ओलीलाई २०६७ सालको असोज ११ गते मानार्थ विद्यावारिधीको उपाधि दिएको थियो । त्यसबेला उनी एमालेका एक प्रभावशाली नेताको रुपमा चिनिन्थे ।
पछि मानार्थ विद्यावारिधीको उपाधि दिने ग्रिनफोर्ड इन्टरनेसनल युनिभर्सिटी नै नक्कली रहेको भेटिएको थियो । उपाधि दिने संस्था नक्कली भए पनि ओलीले भने २०७० साल र २०७४ सालमा संसद सचिवालयलाई शैक्षिक योग्यतामा साधारण लेखपढ\मानार्थ पीएचडी भनेर विवरण उपलब्ध गराएका थिए ।
त्यसपछि पनि उनले ३ वटा संस्थासँग यस्तो उपाधि लिइसकेका छन् । पछिल्लो उपाधि उनलाई एक क्रिश्चियन धर्म प्रचारक संस्थाले दिएको हो ।