काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको भनिएका व्यक्ति सुजन लामालाई निलम्बन गरेको छ । लामालाई पोखराको १३५ रोपनी लिची बगैँचा हडप्न मन्त्रीसँग सेटिङमा घुस डिल गरेको आरोपमा निलम्बन गरेको हो ।
‘सुजन लामाले लिची बगैँचाको १३५ रोपनी घुस डिल गरेकाले मन्त्री ज्युले राजीनामा दिनुपर्यो, पार्टीका अर्का व्यक्ति के. गिरी पनि लेनदेनमा मुछिएकाले निलम्बन गरेका छौं,’ प्रदेश अध्यक्ष नवराज शर्माले भने। भूमि आयोग कास्कीका अध्यक्ष दावेदार खेम पुनलाई भने निलम्बन गरिएको छैन ।
मालपोत कार्यालय कास्कीको प्रमुखमा रामचन्द्र अधिकारीको सरुवा थमौती गर्न लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग ५३ लाख रुपैयाँ घुस डिल गरेको, खेम पुनलाई भूमि आयोग अध्यक्ष बनाउन २५ लाख प्रस्ताव गरेको लगायत आरोप लामालाई लगाइएको छ।