Latest News

अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी

Nepalese Times July 27, 2025 (2 Hour ago)    98 Views

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेल ९सफल०ले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ ।

त्यस्तै अख्तियार प्रमुख रहेका राई पूर्व आपूर्ति सचिव हुँदा नेपाल आयल निगमको जग्गा खरिद अनियमिततामा समेत मुछिएको उजुरीमा दाबी गरिएको छ ।

राई आपूर्ति सचिव हुँदा निगमले भैरहवा, चितवन सर्लाही, झापा लगायतका जिल्लाहरूमा डेढ अर्बभन्दा बढीको जग्गा खरिद गरेको थियो । उक्त जग्गा खरिदका लागि निर्णय गर्ने सञ्चालक समितिका अध्यक्ष प्रेम कुमार राई नै थिए ।

अतः सो आयल निगमको जग्गा खरिद प्रकरणमा करोडौं रुपैयाँ अनियमितता भएको भनी जग्गा खरिद निर्णय कार्यान्वयन गर्ने तत्कालीन आयल निगम कार्यकारी निर्देशक गोपाल बहादुर खड्कामाथि मुद्दा चलाइएपनि जग्गा खरिद गर्ने निर्णय गर्ने प्रेम कुमार राईमाथि भने कुनै मुद्दा समेत चलाइएन । कोरोना महामारीको बेलामा प्रेम कुमार राई जोडिएको आयल निगम जग्गा प्रकरण सम्बन्धी मुद्दा हतार हतार तामेलीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस