Latest News

रामहरि खतिवडालाई निलम्बन गर्न सभामुखलाई निवेदन

Nepalese Times July 2, 2025 (16 Hour ago)    27 Views

काठमाडौँ । निजामती विधेयकमा कुलिङ पिरियड हेरफेर प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभाका सभामुखसमक्ष निवेदन परेको छ ।

युवराज सफलले सभामुखको सचिवालयमा निवेदन दर्ता गर्दै संसदीय छानबिन समिति गठन र दोषीलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका हुन् ।

‘कुलिङ पिरियडको सम्बन्धमा हेरफेर गर्ने कार्यमा राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडा, अन्य सदस्य,सचिव, कानुन मन्त्री, कानुन सचिव, कानुन सहसचिव,सामान्य प्रशासन मन्त्री, सामान्य प्रशासन सचिव र सहसचिवलगायतको भूमिका भएको हुनसक्ने हुँदा सांसदले बनाएको कानुनी र दस्ताबेजमा अनधिकृत रूपमा संशोधन गर्नु भनेको राज्यविरुद्धको कसुर, सकारकारी किर्ते र न्यायिक एवं संवैधानिक जालसाजी हो’, सफलले निवेदनमा भनेका छन् ।

साथै उनले दर्ता गरेको निवेदनमा कुलिङ अफ पिरियड संशोधन भएकोमा नैतिक जिम्मेवारी राज्य व्यवस्था समिति सभापति खतिवडाको भएकाले यो प्रकरण नटुंगिदासम्म उनलाई सभापति पदबाट निलम्बन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस