धादिङ । धादिङको ज्वालामूखी गाउँपालिकामा नेपाली कांग्रेसले मनोमनी गरिरहेको भन्दै सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी नै रुष्ट बनेको छ । अध्यक्ष यमनाथ दनैले आफूहरुसँग भएको साझा प्रतिवद्धतालाईसमेत लत्याएर मनमौजी ढंगले काम गरिरहेको भन्दै सत्तामै रहेको एकीकृत समाजवादीले असन्तुष्टि जनाएको हो ।
नेकपा एकीकृत समाजवादीका गाउँ पार्टी कमिटि अध्यक्ष भानुभक्त दुवाडीेले एक विज्ञप्ति जारी गर्दै पालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच भएको साझा प्रतिवद्धता कागजमै मात्रै सिमित हुन पुगेको बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सत्ता साझेदार दलहरु हुन् । उनीहरु जनतामाझ भोट माग्नसमेत संगै गएका थिए । जनतासँग भोट माग्ने क्रममा उनीहरुले साझा प्रतिवद्धतापत्र बोकेर गएका थिए ।
तर चुनावपछि कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष यमनाथ दनैले उपाध्यक्ष धर्मराज अर्याल रहेको नेकपा एकीकृत समाजवादीलाईसमेत लत्याएर अघि बढ्ने प्रयत्न भएकोे नेकपा एकीकृत समाजवादीले आफ्नो विज्ञप्तिमार्फत भनेको छ ।
दुवाडीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, – ‘नेपाली कांग्रेसको र हाम्रो प्रतिनिधि साथ अध्यक्ष र उपाध्यक्षबीच सच्याउने सहमति कार्यन्वयन नभएको, शिक्षा, स्वास्थ्य, खानेपानी बोर्ड लगायतमा कर्मचारी सिन्डिकेड हाबी गर्ने, बजेट आवश्यकताको आधारमा नभएर नीजिकरण हुँदै आएकोले साझा प्रतिवद्धतापत्र कागजमा मात्रै सिमित हुन पुगेको छ ।’
यस्तै नेकपा एकीकृत समाजवादीले कृषि अनुदान रकम नेतासँग सम्बन्धित व्यक्तिले प्राप्त गरेकोमासमेत असन्तुष्टि व्यक्त गरेको छ । कृषि अनुदान रकम लिनेहरुमा नेपाली कांग्रेसका गाउँ पार्टी कमिटी अध्यक्ष रेशमलाल काप्रीदेखि नेकपा एकीकृत समाजवादी निकटकै समाजवादी प्रेस संगठनका केन्द्रीय वरीष्ठ उपाध्यक्ष नवराज छत्कुलीसमेत रहेका छन् ।
आफ्नै पार्टीको भएतापनि गलत गर्नेमाथि कानुनी डण्डा बजार्नुपर्ने नेकपा एकीकृत समाजवादीको माग छ । गाउँपालिकामा शुसासन, उन्नति र प्रगतिका लागि सबै राजनीतिक दल, बुद्धिजिवी, राष्ट्रसेवक कर्मचारी, पत्रकारलगायत सम्पूर्ण ज्वालामुखीबासीले हातेमालो गर्नुपर्नेमा नेकपा एकीकृत समाजवादीले विज्ञप्तिमार्फत जोड दिएका छन् ।
सम्बन्धित समाचार
समाजवादी प्रेसका केन्द्रीय नेताले पनि बुझे ज्वालामूखीको कृषि अनुदान, महालेखाले उठायो प्रश्न
ज्वालामूखीमा बेथितिः कांग्रेसको पालिका सभापतिलाई १६ लाख कृषि अनुदान ! (प्रमाणसहित)
ज्वालामूखीले लुकाएको अर्को प्रमाण: कम्प्युटरको ‘सामान्य भाइरस’ हटाउँदा पनि लाखौँ अनियमित ?
ज्वालामूखी गाउँपालिकामा १८ लाख रुपैयाँ अनियमितता, कसको खल्तीमा कति ? (विवरणसहित)
ज्वालामुखीमा सरकारी मोटरसाईकलको दुरुपयोग, घाईते नाबालक अस्पतालमा, चालकलाई उन्मुक्ति
ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश
ज्वालामूखीमा अध्यक्षसहितको गतिविधि अवान्छित देखियो, तत्काल छानविन गरियोस – माओवादी
ज्वालामूखीमा भएको भनिएको भ्रष्टाचारको भण्डाफोर गरौँ – राष्ट्रिय स्वतन्त्र पार्टी
ज्वालामूखी गाउँपालिका भ्रष्टाचारी उत्पादन गर्ने कारखाना बन्यो, कडा प्रतिवाद गरौँ– एमाले